sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पुर्व सांसद टंक राई मातृ शोकमा

फागुन–१९, खोटाङ जिल्लाबाट दुई पटक सांसद बन्नुभएको टंक राईको आमा शुक्रकुमारी राईको निधन भएको छ । २०४८ सालको पहिलो आम निर्बाचन र २०५१ सालको मध्य अवधी चुनाबमा जिल्लाबाट नर्वाचित पूर्ब सांसद राईको आमाको बिहिबार दिउँसो ७४ बर्षको उमेरमा निधन भएको हो । 

दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१२ जालपास्थित नीजि निवासमा घरायसी काम गरिरहेकै अवस्थामा उहाँको निधन भएको परिवारले जनाएका छन् । मृतक राईको शुक्रबार किरात राई संस्कार अनुरुप जालपास्थित मूलघर पुरानो गाउँमा अन्त्येष्टी गरिएको छ । उहाँको अन्तिम संस्कारमा बिभिन्न स्थानबाट ठूलो संख्यामा राजनीतिकर्मी, समाजसेवी, नातागोता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । 

खार्मीमा जन्मनुभई जालपालाई कर्मथलो बनाउनुभएको शुक्रकुमारी जालपाबजारस्थित घरमा एक्लै बस्दै आउनुभएको थियो । आफ्नै ठूली दिदीको निधन भएपछि भिनाजु जगतबहादुर राईसँग उहाँको बिवाह भएको थियो । 
दिदीको निधनपछि कान्छी श्रीमतिको रुपमा भिनाजु जगतबहादुरसँग विवाह गर्नुभएको  शुक्रकुमारीतर्फको पूर्ब सांसद राई र उहाँको बहिनी स्टाफ नर्स ललिता राई रहनुभएको छ । यस्तै, जेठी आमातर्फबाट टंकको जेठो दाई प्रतिमान राई र रुद्र राई रहनुभएको छ । 

आमाको अन्त्यष्टीका लागि सबै सन्तान शुक्रबार बिहान जालपा आईपुगेका थिए ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post