sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रावाबेंसी गाउँपालिकामा प्रश्न, गुनासो र सुझाबको ओईरो



खोटाङ चैत्र–१०,  खोटाङस्थित रावाबेंसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला लगायतको जनप्रतिनिधि समक्ष स्थानीयको प्रश्न, गुनासो तथा सुझाबको ओईरो लागेको छ । स्थानीय तह कार्यान्वायनमा आएपछि गाउँपालिकामा पहिलो पटक आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख निरौला लगायतका जनप्रतिनिधि समक्ष चित्त नबुझेको कुराहरु धक फुकाएर राखेका हुन् । 


गाउँपालिकाको कार्यालयमा आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा पालिकास्थित ६ वटै वडामा भएको बिकास निर्माण लगायतको प्रगति बिवरण प्रस्तुत गरिएपछि चित्त नबुझेको कुराको चित्त बुझ्दो जवाफ र अस्पष्ट बिषयहरुलाई स्पष्ट पार्न माग गर्दै स्थानीय कडा रुपमा प्रस्तुत भएका हुन् । 

कार्यक्रममा सहभागीले प्रमुख निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत प्रज्वल घिमिरे लगायतलाई जवाफदेही बनाउँदै गाउँपालिकामा भईरहेको बिकास निर्माणको गति र गुणस्तर, सुशासन र पारदर्शिता लगायतको बिषयमा चासो देखाएका थिए । कार्यक्रमको लागि निर्धारण गरिएको समयभन्दा दोब्बर समयमा सम्पन्न सार्बजानिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले वडासँग र वडाले स्थानीय नागरिकसँग कुनै पनि समन्वय नगरी काम गरिरहेको कारण गाउँपालिकाले समृद्घिको बाटो समाउन नसकेको नागरिकले आरोप लगाएका छन् । 

स्थानीय नागरिकको आवश्यक्ता अर्थात सुरक्षामा गाउँपालिकाले चासो नदिएको, पालिकाको बजेटलाई पारदर्शि, समान र समतामुलक नबनाई आफुखुसी निर्णय र बितरण गरिएको लगायतका बिषयभित्र उक्त कार्यक्रममा मिहिन सवाल–जवाफ भएको थियो । 
सार्बजानिक सुनुवाई जस्तो बिशेष कार्यक्रममा समेत नागरिकसमक्ष पर्याप्त सूचना पु¥याउन सम्बन्धित पक्षले कञ्जुष गरेको आरोप लगाईएकोमा पालिकामध्ये २ वडाको वडाध्यक्षको अनुपस्थितीले नागरिकमा झनै असन्तोष पैदा गरेको थियो । सार्बजानिक सुनुवाईमा वडा नम्बर–२ खार्पाका कालिदास पोखरेल र ३ नम्बर लामिडाडाँका बिदुर खतिवडा अनुपस्थित भएपछि सम्बन्धित वडाका सचिबद्वय दिपक पोखरेल र भेषराज खत्रीले प्रगति बिबरण पेश गर्नुभएको थियो ।  

गाउँ कार्यपालिका तथा गाउँ सभाका सदस्य, वडा अध्यक्ष तथा सचिब, वडा सदस्य लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा करिब २ सय जनाको उपस्थिती रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । स्थानीय रेडियोबाट सूचना प्रशारण गर्नका साथै पत्र बितरणको समेत ब्यवस्था गरे पनि प्राबिधिक कारण सबै समक्षा जानकारी पुग्न नसकेको गाउँपालिकाको प्रमुखले जनाउनुभयो ।
औपचारिक रुपले शुरु र अन्त्य गरिएको कार्यक्रमको अन्र्तक्रियात्मक अर्थात सवाल–जवाफ खण्ड भने पत्रकारलाई सहजीकरण गर्न दिईएको थियो । कार्यक्रमका सहभागीले प्रश्न तथा जिज्ञासा तथा गुनासोका साथै सुझाबका रुपमा आफ्ना धारणालाई जोड दिएका थिए ।  वडाध्यक्ष तथा प्रशासकीय अधिकृत घिमिरेको प्रगति बिबरण प्रस्तुतीबाट शुरु भएको सार्बजानिक सुनुवाईमा उठेका सवालहरुमाथि प्रमुख निरौलाको स्पष्टोक्तिपछि सम्पन्न गरिएको थियो । 
स्थानीय तह भर्खरै कार्यान्वायनमा आउनु, गाउँपालिकाको क्षेत्राधिकार, नीति तथा कार्यक्रम बारे स्पष्ट नहुनु लगायतका कारण नागरिकबाट गुनासो तथा असन्तुष्टी आउनु स्वभाबिक भएको प्रमुखको निरौलाको भनाई छ । आएको गुनासो तथा सुझाबहरुको आधारमा समीक्षा गर्दै आगामी दिनमा गाउँपालिकाको कार्य अगाडी बढाउने उहाँको प्रतिबद्घता रहेको छ ।
यो आर्थिक बर्षमा उक्त गाउँपालिकाको कूल बजेट १९ करोड ७७ लाख ४४ हजार रहेको छ । 
सबै पालिकाले बार्षिक दुई पटक सार्बजानिक सुनुवाई गर्नुपर्ने भए पनि २ नगर र ८ गाउँपालिका रहेको जिल्लामा अन्य पालिकाले हालसम्म सार्बजानिक सुनुवाई गरेको छैन । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post