sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा पहिलो पटक ‘उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता’

खोटाङ चैत्र–४, खोटाङमा पहिलोपटक ‘उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता’को तयारी गरिएको छ ।  ‘महिला हिंसा अन्त्य गरौं आर्दश पुरुष बनौं’ भन्ने मूल नाराका साथ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भञ्ज्याङस्थित कृष्णराम राई–मोतिप्रसाद राई रंगशालामा चैत्र अन्तिम साताका लागि फुटबल प्रतियोगिताको तयारी गरिएको हो । 

नगरपालिकाको सहकार्य तथा साकेला सिली फुटबल क्लब दुर्छिमको आयोजनामा चैत्र २७ देखी ३० गतेसम्म हुने प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाका महिला फुटबल टिमको सहभागिता रहने जनाईएको छ ।
खेलकुदको माध्यमबाट महिलामा क्षमता बृद्धि, शारीरिक तन्दुरुस्ती तथा हरेक क्षेत्रमा नारीको सहभागिता सुनिश्चित गर्न सकौं भन्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको बिजेता टिमलाई नगद ४० हजार रुपैंयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
 यस्तै,  दोश्रो हुने टिमले २० हजार, तेश्रो टिमले १० हजार र सान्त्वना टिमले ५ हजारका साथमा ट्रफि, मेडल, प्रमाणपत्र पाउने छन् । 
सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई २ ÷२ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने साकेला सिली फुटबल क्लब दुर्छिमका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post