sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रामनवमी मेलामा वैदेशिक रोजगारी सम्बन्धी घुम्ती शिविर


चैत्र–१४ खोटाङ, खोटाङको हलेसीमा साता दिन बढी लाग्ने रामनवमी मेलाको अवसरमा वैदेशिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन गरिएको छ । हलेसी मेलामा आउने दर्शनार्थीलाई केन्द्रीत गर्दै बालसेवा नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले सञ्चालन गरेको घुम्ती शिबिरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिईएको हो ।

सामी  विद्यालय तथा आम सञ्चार कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारीलाई सुरक्षित एवम् उपलब्धिमुलक बनाउने उद्धेश्यका सन्देशमुलक पर्चा वितरण साथै सामी परियोजना अन्र्तगत  निःशुल्क रुपमा सञ्चालन भएका सीप तालिम सम्बन्धी जानकारी गराईएको जनाईएको छ । शिबिरमा कागजपत्र सम्बन्धी जानकारी, सुचना तथा परामर्श केन्द्रले प्रदान गर्ने सेवा सुविधा लगायतका जानकाारी गराईएको कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जनाउनुभयो । 

खोटाङ लगायत विराटनगर,झापा,सुनसरी,भोजपुर, सिरहा,सप्तरी रुपन्देही,पालपा, विराटनगार उदयपुर, काठमाण्डौ,रामेछाप,ओखलढुङगा,सोलुखुम्बु, जिल्लाका गरी  ५ सय बढीलाई सुचना तथा जानकारी गराईएको संयोजक आचार्यले जानकारी दिनुभयो ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post