sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मापदण्ड बिपरित ढुंगा गिटी झिक्ने कम्पनीको साँचो कब्जा

खोटाङ चैत–१५,  खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीले प्रयोग गरेको उपकरणको साँचो कब्जा गरिएको छ । जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल सडक खण्ड अन्तरगत बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल खण्डको कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले मापदण्ड बिपरित ढुंगा गिटी निकालेको भन्दै नगरपालिकाले साँचो कब्जा गरेको हो । 

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नवलपुर जाने सडक आसपासबाट मापदण्ड विपरित ढुंगा गिटी उत्खनन गरेकाले बिहिबार ठेकेदार कम्पनीले प्रयोग गरिरहेको दुई वटा जेसिभी र एक एस्काभेटरको साँचो खोसिएको मेयर इवन राईले बताउनुभयो । 

प्राकृतिक अवस्थिति तथा स्थानीय सामुदायिक बनलाई समेत असर पुग्नेगरी गिटी ढुंगा उत्खनन् गरेको पाइएकाले रोक लगाइएको नगरपालिकाले जनाएको छ । यसअघि तीन पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै ढुंगा गिटी निकाली रहेकाले ठेकेदारको साँचो खोसेर प्रहरीलाई बुझाउनु परेको मेयर राईको भनाई छ । 

नगरपालिकाको खानी तथा श्रोत परिचालन समितिले तयार पारेको मापदण्ड पूरा नगरी नगरभित्रका गिटी तथा ढुंगा उत्खनन् नगर्न चेतावनी दिएको छ । नगरपालिकाले किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम क्षेत्रको ढुंगा नझिक्नका लागि समेत ठेकेदारलाई सचेत गराएको छ । 

मध्यपहाडीकै हलेसी–बिजुले खण्ड कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लुम्बिनी कन्काई सुर्य जेभीले सडक फराकिलो पार्ने नाममा तुवाचुङ–जायाजुमडाँडा मुनिबाट प्राकृतिक श्रोतको दोहन गर्ने गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post