sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नयाँ उत्साह जगाउँदै सम्पन्न भयो राष्ट्रिय बाल साहित्य सम्मेलन

खोटाङ फागुन–२६, खोटाङमा आयोजित २५ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्रभाबकारी कार्यक्रमहरुको साथ सम्पन्न भएको छ ।  नेपाल बाल साहित्य समाज काठ्माण्डौंले नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा आयोजना गरेकोे दुई दिने राष्ट्रिय बाल साहित्य सम्मेलन बालबालिका केन्द्रीत बिभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न भएको हो । 

बाल साहित्यमा बाल लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बालअधिकार र कर्तव्य लगायतका विषयमा कार्यपत्र प्रस्तुति, बाल साहित्य प्रशिक्षण, शिक्षक तथा अभिभावकसँग अन्तक्रिया एबं बालपुस्तकको प्रदर्शनी लगायतका कार्यक्रम गर्दै सम्मेलन सम्पन्न भएको हो । 

बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बाल साहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी दिने लक्ष्यका साथ राष्ट्रिय बाल साहित्य सम्मेलन आयोजना गरिएको बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले बताउनुभयो । जिल्लास्थित बिभिन्न बिद्यालयबाट उल्लेख्य संख्याको बिद्यार्थीले सहभागिता जनाएको कार्यक्रमले नयाँ उत्साह जगाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कालिका माबि नेर्पा, सरस्वती आधारभुत बिद्यालय नेर्पा, साबित्रा माबि बाम्राङ, सितला माबि खाल्ले, पञ्च माबि दिक्तेल, दिक्तेल इंलिस बोर्डिङ स्कुल, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, युवा वर्ष प्राबि, सरस्वती माबि दिक्तेल, जालपा माबि नुनथला, शुभद्रा–मदन फाउण्डेसन सोल्मा लगायतका सयौं छात्र÷छात्राले बाल साहित्य प्रशिक्षण अन्तरगत विभिन्न आठ बिद्यामा बिशेष प्रशिक्षण लिने अवसर पाएका छन् । कबिता लेखन प्रशिक्षणमा २६ जना, कथा लेखनमा १९ जना, नाटक मञ्चनमा २७ , सिर्जनात्मक लेखनमा २४ , रेडियो उद्घोषणमा २४ जना बालबालिकाले प्रशिक्षण लिएका थिए । 
यस्तै, दैनिकी लेखनमा ११ जना, चित्रकला लेखनमा २९ जना र कथा कबिता बाचनमा २१ छात्र÷छात्रा सहभागी भएका छन् । 
छोटै समयमा पनि बिषयबिज्ञहरुबाट रमाईलो तबरले ज्ञानसीप हासिल गर्न सकेकोमा रमाईलो लागेको बिभिन्न बिधाको अन्र्तक्रियात्मक प्रशिक्षणमा सहभागी बिद्यार्थीहरुको प्रतिक्रिया छ । सहभागी बालबालिकाले आफुले उक्त कार्यएक्रममा सिकेको र बुझेको कुराहरु ब्यवहारमा लागु गर्ने जनाएका छन् । 
बाल साहित्य सम्मेलन जिल्लामा आयोजना हुनु गौरबको बिषय भएको नगरपालिकाको मेयर दिपनारायण रिजालले बताउनुभयो । बाल साहित्यको दायरा र औचित्यलाई हामीले साँघुरो हिसाबले बुझिरहेकोमा यस सम्मेलनबाट यसको ब्यापकतालाई बुझ्ने मौको मिलेको रिजालको भनाई छ । 

बिद्यार्थीको रुचि र क्षमताको आधारमा बिधागत हिसाबले अन्र्तक्रियात्मक प्रशिक्षणका लागि छनौट गरिएकोले उक्त कार्यक्रममा सिकेका कुराहरु सहभागीले तत्कालै ब्यवहारमा लागु गर्ने शिक्षकहरुले बताएका छन् । 
बाल साहित्य सम्मेलनमा बाल साहित्यमा बाल अधिकार र कर्तव्य, बाल साहित्यमा अभिभावकको भूमिका लगायतको कार्यपत्र कार्यक्रममा प्रस्तुत गरिएको थियो । यस्तै, नेपाल भाषामा बाल साहित्य, नेपाली बाल गीत, कबिता, परिभाषा र उपयोगीता, पाठ्याक्रममा बाल साहित्य, खोटाङको बाल साहित्यको अवस्था लगायतका नौ विषयमा कार्यपत्र प्रस्तुति हुनका साथै बाल पुस्तक प्रदर्शनी लगायतका कार्यक्रम गरिएको छ । 

बाल साहित्यको क्षेत्रमा स्थापित दर्जनौं ब्यक्तित्वहरुको उपस्थिती रहेको सम्मेलनमा एकै दुई सयभन्दा बढि बाल पुस्तक प्रदर्शनी गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post