sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वित्तिय साक्षरताका लागि चार दिने प्रशिक्षण

काठमाडौं ६ चैत । सुरक्षित आप्रवासन परियोजना (सामी) वित्तिय साक्षरता सम्बन्धी ४ दिने प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम अाज समापन हुँदैछ ।

भक्तपुरको पर्यटकिय नगरी नगरकोटमा  गत ३ चैतदेखि आज ६ चैतसम्म तालिमको आयोजना गरिएको छ । तालिममा विभिन्न ६ जिल्लाका वित्तिय साक्षरता कक्षा संचालन गर्ने सहजकर्ता र कार्यक्रम संयोजक सहभागी रहेका छन् ।
 तालीमको आयोजना नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले आयोजना गरेको हो ।

तालिममा कक्षामा छलफल हुने, परिवार व्यबस्थापन, वित्तिय लक्ष्य निर्धारण, पारिवारिक बजेट निर्माण, बचत, व्यवसायिक योजना, ऋण व्यवस्थापन लगायतका विप्रेषणको व्यवस्थापन गर्ने विषयका प्रसंगहरुलाई कसरी व्यबहारिक रुपमै परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित छ ।

तालिममा कक्षा संचालनपछि आएका परिवर्तनहरुलाई, सफलताका कथाहरुलाई, कसरी प्रस्तुत गर्न सकिन्छ, अथवा सफलताका कथाहरुलाई अरुलाई पनि प्रेरण होस भन्ने उद्देश्यले उज्यालो ९० नेटवर्कका  कृष्ण गुरागाईँ, मोहन पौडेल लगायतले छलफल गरेका थिए ।

वैदेशिक रोजगार सम्बन्धी नविनतमा सुचनाहरुका बारेमा सामाीका सनत सापकोटाले सहजिकरण गरेका हुन । वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिमलाई “वित्तिय साक्षरता विज्ञ विनोद अधिकारी साथै नेफ्स्कून का प्रेमनाथ वाग्ले र प्रकाश अधिकारी ले सहजिकरण गर्नु भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post