sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पोषणका विषयमा जनप्रतिनिधिलाई जानकारी


खोटाङ, चैत–१९,  खाद्यमा आधारित पारिवारिक पोषण सुधारका लागि खोटाङका १० वडाका जनप्रतिनिधिलाई पोषणका विषयमा जानकारी दिइएको छ । हरेक सर्वसाधारणको घर वरिपरी अर्गानिक तरकारी तथा फलपुल उत्पादन गर्दै पारिवारिक पोषणमा सुधार ल्याउने वाताबरण निर्माणका लागि एक नगरपालिका र पाँच गाउँपालिकाका १० वडाका जनप्रतिनिधिलाई पोषणको बिषयमा जानकारी गराइएको हो । 

कुपोषणबाट बच्नका लागि आफ्नै घर आसपासमा विभिन्न प्रजातीका तरकारी एबं सागसव्जी उत्पादन सम्बन्धी निती नियम निर्माण गरेर कार्यान्वयनमा ल्याउनका लागि होम गार्डेन परियोजना सञ्चालन भइरहेका वडाका जनप्रतिनिधिलाई पारिवारिक पोषणका विषयमा जानकारी दिइएको घर बगैंचा परियोजना (लि–बर्ड)का तालिम अधिकृत शम्भू बस्नेतले बताए । 

सोमबार दिक्तेलस्थित होटल थ्रीब्रर्दमा आयोजित कार्यक्रममा जनप्रतिनिधिलाई पोषकतत्वको आपुर्तीको तौर तरिका, घर बगैंचा, कुपोषणको अवस्था, पारिवारिक पोषणमा घर बगैंचाको योगदान लगायतका विषयमा जानकारी दिइएको छ । 

पोषणमा सुधार ल्याउनका लागि जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र लफ्याङ, रावाबेँसी गाउँपालिकाको हौंचुर, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र माक्पा, खोटेहाङ गाउँपालिकाको चिप्रिङ, बड्कादियाले र इन्द्रेणीपोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको टेम्मा तथा साकेला गाउँपालिकाको मात्तिममा घर बगैंचा कार्यक्रम सञ्चालन भइरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post