sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घुर्यानको माटोबाट सम्पन्नताको बाटोतर्फ

मिनप्रसाद आचार्य/खोटाङ
बैशाख–२, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २४ बर्षिया दिपा आचार्यले दुई रोपनी जग्गामा फलाएको मुलाबाट ४५ हजार रुपैंयाँ आम्दानी गर्नुभयो । एक बर्ष अघिसम्म बाँझो रहने जग्गामा यो बर्ष नौं सय रुपैंयाँको बीउबाट मनग्गे कमाई गर्न सकेपछि दिपामा झन् जोश बढेको छ । 

मंसिर अन्तिममा लगाएको मुलाले फागुनमै प्रति केजी ३५ देखि ४० रुपैंयासम्म दिक्तेलबजारमै भाउ पाएको थियो । मुलाबाट सोचे भन्दा बढी आम्दानी भएपछि परिवारमा खुसी छाएको दिपाको भनाई छ । परिश्रम गरे आम्दानी बढ्न केहि बेर नलाग्ने दिपाको ठहर भएपछि अब टनेलामा तरकारी खेती गरी आम्दानी बढाउने योजना बनाउनु भएको छ । 

दिपाको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष साउदीमा बसी हाल आफ्नै माटो कज्याउँने सोंच बनाएर श्रीमतिसँगै मेहनत गरिरहनुभएको छ ।   

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै ४ नम्बर खाल्लेका दुर्गा बस्नेतले पनि मौसमी तथा बेमौसमी तरकारी खेतिबाट मासिक २५ हजार रुपैंयाँसम्म आम्दानी गरिरहनुभएको छ । पहिले घरमा खानका लागि मात्र सागसब्जी लगाउने उहाँले ब्यवसायिक रुपले तरकारी खेति गर्न शुरु गरेपछि आम्दानी बढेको हो । 

उहाँको झण्डै पाँच रोपनी जग्गामा हाल पनि तरकारी खेती छ । तरकारी खेतिसँगै उहाँले भैंसी, बाख्रा, कुखुरा पनि टन्नै पालेका छन् । १ छोरा २ छोरी र श्रीमान समेत गरी पाँच जनाको परिवार रहेको दिपाले उत्पादन गरेको तरकारी पनि सदरमुकाम दिक्तेलबजारमै खपत हुने गरेको छ । आम्दानीमा लोभिनुभएको उहाँले वार्षिक ७ हजार भाडा तिर्ने गरी छिमेकीको जग्गा समेत भाडामा लिएर तरकारी खेति बिस्तार गर्नुभएको छ । 

धन माथि धनै धन भने् जस्तै  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका श्रीमानले मासिक नेपाली ५० हजार कमाई रहनु भएको छ । बचत गर्ने बानीको समेत बिकासले गर्दा उक्त परिवार सम्पन्नताको बाटोमा लम्किसकेका छन् ।, 
दिपा र दुर्गाले जस्तै, सोही स्थानकी  नन्दादेवी बस्नेतले पनि ६ हजारको बीउ किनेर घरघु¥यानमै शुरु गरेको तरकारी खेतिबाट हाल मासिक २० हजार रुपैंयाँसम्म आम्दानी गरिरहनुभएको छ । शुरुमा घरमा खानकै लागि मात्र थोरै थोरै तरकारी लगाउने गरेकोमा केही समय अघिदेखि ब्यवसायिक रुपले तरकारी खेति शुरु गरेपछि त्यही नै राम्रो आम्दानीको स्रोत बनेको नन्दाको भनाई छ ।

१० महिना अघिदेखि वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका श्रीमानको कमाईलाई बचत गर्न र आम्दानी थप्न उक्त तरकारी खेतिले मनग्गे टेवा पु¥याएको नन्दा बताउँछिन् । आफुले उत्पादन गरेको तरकारी नजिकैको दिक्तेलबजारमा सहजै बिक्रि हुने भएपछि नन्नदामा ब्यवसायप्रति झन् उत्साह भरिएको छ । जेनतेन जिन्दगी चलिरहेकोमा हाल तरकारी खेतिबाट आत्मनिर्भर बनेपछि नन्दाको परिवारमा आत्मसम्मान थपिएको छ । 

यी तीन गृहिणी जस्तै पछिल्लो समय जिल्लाका अधिकांश महिलाहरुले आम्दानी बढाउने र खर्च घटाउने अभियानमा लागेका छन् । वैदेशिक रोजगारीमा जाने परिवारका  सदस्यबाट रेमिट्यान्स प्राप्त गर्ने सदस्यलाई प्रदान गरिने बित्तिय साक्षरता कक्षाको प्रभाबका कारण आम्दानी बढाउनेतर्फ जिल्लाबासी हौसिएका हुन् । 

सुरक्षित आप्रवासन परियोजनाले जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गर्दै आएको बित्तिय साक्षरता कक्षाका सहभागीले आम्दानीको लागि कुनै न कुनै ब्यवसाय सञ्चालन गरी बचत गर्ने गरेका छन् । बालसेवा समाज नेपाल नेर्पासँगको सहकार्यमा सञ्चालित यस्तो कक्षामा आम्दानी बढाउने उपाय मात्र नभएर वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रक्रिया तथा उपायका बारेमा समेत छलफल हुने गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post