sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गाउँपालिकामा बैंक स्थापना भएपछि स्थानीयमा खुशियाली

खोटाङ बैशाख–१४,  द्वन्द्धकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भएपछि खोटाङ ऐसेलुखर्कका स्थानीयमा खुशियाली छाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकामा शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रिबन काटेर बैंकको शाखा उद्घाटन गरेपछि स्थानीयमा खुशियाली छाएको हो ।  

बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीय तहका सरकारी कारोबारका लागि सदरमुकाम दिक्तेलबजार नै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बैंकिङ कारोबारकै लागि अधिकांश स्थानीय तहका कर्मचारी दुई दिन लगाएर सदरमुकाम दिक्तेलबजार धाउनुपर्ने बाध्यता थियो । 

बैंकको शाखा उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ) र राजन राई, पूर्व सभाषद् सरस्वती बजिमय, बैंकका उपमहाप्रबन्धक उद्धव खनाल, नेपाली काँग्रेसका युवा नेता सुवासकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो । उक्त पालिकामा सात वटा वडा रहेका छन् । 

तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्धमा विस्थापित बैंकको शाखाहरु पुनः प्रत्येक स्थानीय तहमा खोल्ने तयारी गरिएको उपमहाप्रबन्धक खनालले बताउनुभयो । 

दुई नगरपालिका सहित दश स्थानीय तह रहेको जिल्लामा ऐसेलुखर्कसँगै सदरमुकाम दिक्तेलबजार र खोटाङबजारमा रावा बैंकको शाखा सञ्चालनमा छ । अन्य पालिकामा बैंक नहुँदा आर्थिक कारोवारको लागि सदरमुकाम नै धाउनुपर्ने अवस्था छ ।                                                                  तस्बिर : फेसबुक

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post