sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘आमाले छाडिन्, बाबा स्वर्गे, म मेरै अभिभाबक’

लिला निरौला/खोटाङ
चैत्र–२६,   ‘राम्रो पढ्नु है छोरा !’, बाबाले विदेश हिँड्ने बेलामा मायाँ गर्दै भनेको कुरा रोशनले अहिले पनि झलझली सम्झन्छन् । तर, विदेशमै मरेको बाबाको लास खरानी भएसँगै धेरै पढ्ने र बाबाको सपना पूरा गर्ने रोशनको सपना पनि खरानी भयो । 

खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ बर्षिय रोशन गिरी हाल बिद्यालयमा होईन डाडाँपाखा, खोला बगर, बनजंगलमा गाईबस्तु चराउँदै गरेको भेटिन्छ । 
 कक्षा–८ मा पढ्दा–पढ्दै आमा पोईल जानु र बाबाको बिदेशमै मृत्यु हुनुले रोशनको बिद्यालय जाने बाटो बन्द भएको हो । 
२०६७ सालमा रोशन ११ वर्षको हुँदा बाबा लक्ष्मीप्रसाद गिरी मलेसिया परदेशिए । बाबा मलेसिया गएको डेढ बर्ष पुग्दानपुग्दै उनका आमाले दोस्रो बिवाह गरेर हिँडिन । अनि एक्लो बालक रोशन घरमा एक्लै भए । 

रोशनलाई आमा नभए पछि बाबा छिट्टै घर आए देखि हुने थियो जस्तो लाग्थ्यो । तर रोशनको बाबा  फर्किएर त आउनुभयो तर काठको बाकसमा । मलेसिया गएको साँढे तीन बर्षपछि २०७१ सालमा बाबाको मलेसियामै मृत्यू भयो । 

‘आमा दोश्रो विवाह गरेर जानु भयो, बाबा बित्नु भयो ।’ रोशन आफैलाई प्रश्न तेस्र्याउँछन्–‘त्यो भन्दा एक्लोपना के हुन्छ र ?’ रोशन आफुलाई संसारकै अभागी ठान्छन् । ‘स्कुल नै जानु मन नलागे पछि पढन पनि छाडेँ ।’ भाबुक हुँदै रोशनले थप्छन्–‘मेरो काँधमा सानै उमेरदेखि घरव्यवहार चलाउने जिम्मेवारी आयो ।  

रोशन आफु चाहीँ कुनै हालतमा पनि बिदेश नगई स्वदेशमै केही न केही गरेर बाच्ने रोशनको अठोट छ । 
‘बाबा विदेश नजानु भएको भए मेरो परिवारको हालत यस्तो हुने थिएन । ’ रोशनको कथन छ–‘आमाले छाडिन्, बाबा स्वर्गे, म मेरै अभिभाबक’   ।’   

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post