sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » तामझामका साथ सम्पन्न भयो खोटेहाङको बार्षिकोत्सब

निशा राई/खोटेहाङ खोटााङ
बैशाख–१५,  खोटाङस्थित खोटेहाङ गाउँपालिकाले बिभिन्न कार्यक्रमको आयोजना  गर्दै आफ्नो बार्षिकोत्सब मनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले बिहिबारदेखि मनाउन शुरु गरेको पहिलो बार्षिकोत्सब शनिबार बिभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रर्दशनी गर्दै सम्पन्न गरेको हो । 

बार्षिकोत्सबको अवसरमा किरात राई समुदायले साकेला शिली, नेवार समुदायको लाखे र ठाकठुके, मगरको हुर्रा, तथा तामाङ समुदायले सेलो नाच प्रस्तुत गरेर कार्यक्रमलाई रौनकता दिएका थिए । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको गाउँपालिकाको केन्द्र खोटाङबजारमा आयोजित बार्षिकोत्सबको समापनमा प्रदेशसभा सदस्य उषाकला राई लगायत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । 

उक्त अवसरमा प्रथम अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।  स्थानीय टुडिखेलमा आयोजित प्रतियोगितामा पुरुष तर्फ दिप्रु चुईचुम्मा गाउँपालिकाको छोरम्बु, खोटेहाङ गाउँपालिकाको सिम्पानी, र दिप्रुङ चुईचुम्माकै छितापोखरी क्रमशः प्रथम, द्वितीय र तृतीय बन्न सफल बनेको गाउँपालिकाले जनाएको छ । यस्तै, महिलातर्फ साकेला गाउँपालिकाको खिदिमा र खोटेहाङकै चिप्रिङ तथा लिच्कीराम्चेले  प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको गाउँपालिकाको अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिनुभयो । 

दुवैतर्फका बिजयी प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैंयाँका साथमा कप र मेडल प्राप्त गरेको अध्यक्ष राईले जनाउनुभयो । बिजेता समुहलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य राई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल, स्वयम गाउँपालिका अध्यक्ष राई तथा उपाध्यक्ष कबिता राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ पाँच समुह सहभागी बनेका थिए । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post