sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा आगलागी बढ्यो, यो बर्ष ४५ घर जल्दा दुईको मृत्यु, करोडौंको क्षति


खोटाङ चैत्र–२०, आगलागीको हिसाबले अत्यन्तै जोखिममा रहेको खोटाङ जिल्लामा बर्षेनी आगलागीको घटना बढिरहेका छन् । आगलागीको घटना बढ्दा जिल्लाबासीको ज्यान जानका साथै करोडौं रुपैंयाँ बराबरको धनमाल नष्ट हुँदै आएको छ । 

जिल्लामा यो बर्ष मात्र फरक–फरक स्थानका ४५ घरमा आगलागी हुँदा २ जनाको ज्यान जानका साथै केही घाईंते भएका छन् । ४५ मध्ये केही बाहेक पूर्ण रुपमा घर नष्ट हुँदा ६ करोड रुपैंयाँ बढीको आर्थिक क्षति भएको खोटाङको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् ब्यवस्थापन समितिको संयोजक एकदेब अधिकारीले जानकारी दिनुभयो । 

जिल्लामा बिद्युत बिस्तार भएसँगै बिद्युत सर्ट भएर बढी आगलागीको घटना हुने गरेकोे जिल्ला बिपद् ब्यवस्थापन समितिको संयोजक अधिकारीको भनाई छ । कतिपय आगलागी  मानबीय लापरबाहीकै कारण जथाभाबी आगो बाल्दा वा आगोको बेवास्ता गर्दा हुने भएकोमा पछिल्लो समय खाना पकाउने ग्याँस गाउँगाउँमा पुगेपछि सही ढंगले प्रयोग गर्न नजान्दा पनि आगलागी हुने गरेको उहाँको भनाई छ । 

सडकको पहुँच बढेसँगै जथाभाबी पेट्रोल, डिजेल तथा मट्टितेल जस्ता प्रज्वलनशील पदार्थ राख्ने तथा प्रयोग गर्ने गरेका कारण पनि आगलागीको घटना बढिरहेको प्रजिअ अधिकारीले जनाउनुभयो । बोतलमा राखेर गैर ब्यवसायिक रुपमा बाटोघाटोमा पेट्रोल लगायतका पदार्थ बिक्रि गर्ने लगायतका कारण पनि आगलागी हुने सम्भावना भएकाले त्यस्तो कार्य रोक्न प्रहरीलाई निर्देशन दिईएको प्रशासनले जनाएको छ । 

आगलागीको घटनालाई न्युन गर्न रेडक्रस लगायतका सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताईएको छ । समुदायबीचमा जनचेतनामुलक कार्यक्रमहरु गर्नका साथै रेडियो, एफ.एम. लगायतको. स्थानीय सञ्चारमाध्यमहरुबाट पनि जनचेतना फैलाउने काम गरिरहेको प्रशासनको बताएका छन् । जिल्लामा बढेको आगलागीका कारण पशुचौपाय समेत मर्ने गरेका छन् ।

घरगोठमा मात्र नभई बनजंगलमा समेत आगलागी बढेको हुँदा त्यसबाट हुने क्षति तथा असरको कुनै लेखाजोखा राख्न सकिने अवस्था छैन । बनजंगलमा आगलागी हुँदा जंगली जनावर तथा बिभिन्न जैबीक तथा प्राकृतिक सम्पतिको नोक्सानी हुँदै आएको जिल्ला बन कार्यालयका निमित्त बन अधिकृत भक्त लामाको भनाई छ ।

 सामुादायिक बनको हकमा भने स्थानीयले घाँसको लोभमा जानीजानी आगो लगाउने गरेको समेत सम्बन्धित निकायको आशंका छ । यसरी सानो लाभको लागि बनमा डढेलो लगाउँदा जंगली जनावर लगायत अमुल्य सम्पतिको नष्ट भईरहेको सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला शाखा खोटाको अध्यक्ष राजेन्द्र राईले जनाउनुभयो । 

बनमा डढेलो लागेकै कारण कन्दमुल तथा फलको लहराहरु सुक्दा बाँदर लगायतको जंगली जनवारले स्थानीयलाई दुःख दिन थालेको अध्यक्ष राईको निष्कर्ष छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post