sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महोत्सबबाट संकलित ४४ लाख धर्मशाला निर्माणमा

खोटाङ बैशाख–६, खोटाङमा सम्पन्न धार्मिक तथा पर्यटकीय महोत्सवमा सङ्कलित रकम धर्मशाला निर्माणमा खर्च गरिने भएको छ । गत चैत १५ देखि २३ गतेसम्म सदरमुकाम दिक्तेलबजार नजिकैको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवा देबिथानमा सम्पन्न महोत्सबबाट संकलित करिब ४४ लाख रुपैंयाँ रकम धर्मशाला निर्माणमा खर्च गरिने भएको हो । 

महोत्सवमा सङ्कलित ४३ लाख ७६ हजार पाँच सय ३६ रुपैयाँ रकम सोही क्षेत्रमा जाने तीर्थालुको सुबिधाको लागि धर्मशाला निर्माणमा खर्च गरिने मूल आयोजक समितिले जनाएको छ । महोत्सवमा ६० लाख ६२ हजार तीन सय ९२ रुपैयाँ सङ्कलन भएकोमा उक्त रकम बचेको बिहीबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिका संयोजक पदम आचार्यले जानकारी गराउनुभयो । 

प्रशिद्ध धार्मिकस्थल हलेसी आउने तीर्थालुले मझुवागढी क्षेत्रको कालिका भगवती, बुद्धेश्वर गुफा र ऐतिहासिक मझुवागढीको दर्शन नगरे तीर्थ अपूरो हुने भएकाले यहाँ आउने तीर्थालुका लागि धर्मशाला निर्माण गरिने आचार्यको भनाई छ । धर्मशाला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गरेको गुरुयोजनाको आधारमा निर्माण गरिने बताईएको छ ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post