sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कारागारका बालबच्चालाई शैक्षिक सामग्री

खोटाङ चैत–२०, जिल्ला कारागार शाखा खोटाङमा जेल जीवन बिताइरहेका आमासँगै  बसिरहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बिभिन्न अपराधमा जेल परेका आमासँगै आश्रित जीवन बिताइरहेका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका साँढे ५ वर्षका मौसम राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वर्षका रेसम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका डेढ वर्षकी उर्मिला बिश्वकर्मालाई ६१ औं सहकारी दिवसको अवसरमा झोला, कापी, पेन्सिल र ट्र्याक सुट प्रदान गरिएको हो । 

उमेर पुगे पनि उचित शिक्षा दिक्षाबाट बञ्चित बनेका बालबच्चाको शैक्षिक प्रगतीका लागि दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ । सहकारीले बालबालिकालाई शैक्षिक सामग्रीका साथमा खाजा प्रदान गरेको छ । यस्तै, आश्रित बालबालिकालाई कारागारभित्रै पढाउने काम गरिरहेकी तस्बिरा राई र बिमला सुबेदीलाई एक÷एक महिना बराबरको प्रोत्साहन भत्ता प्रदान गरिएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । 

आश्रित बालबालिकालाई कारागारभित्रै लेखपढ गर्ने व्यवस्थाका लागि तीन वटै सहकारीले एक लाखको अक्षयकोष खडा गरेर तस्बिरा र बिमलालाई सहयोगी शिक्षिकाका रुपमा नियुक्ती गरेको जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post