sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसी तुवाचुङ नगरपालिकामा जनजाति महासंघको गठन

खोटाङ बैशाख–२, नेपाल आदिवासी जनजाति महासंघ हलेसी तुवाचुङ नगरपालिकाको तदर्थ समन्वय परिषद् गठन गरिएको छ । समन्वय परिषद्को जिल्ला अध्यक्ष हात्तिराम राईको उपस्थितीमा शनिबार बसेको भेलाले यमकुमार तिलुङ राईको संयोजकत्वमा नगर तदर्थ समन्वय परिषद गठन गरिएको हो ।

भेलामा अनुपस्थित रहेको नेवार, माझी, लिम्बु, गुरुङ र शेर्पा समुदायको प्रतिनिधि आउँदो बैठकले मनोनयन गर्ने गरी हाल चार पदीय समिति गठन गरिएको जनाईएको छ । 

यस्तै, राईहरुको नौं वटा भाषिक समुदायबाट पदेन सल्लाहकार पनि सोही बैठकबाट मनोनयन गर्ने गरी भेला सम्पन्न गरिएको समन्वय परिषदले जनाएको छ ।

नगरस्थित राजनीतिक दल, जातीय संस्था तथा भाषिक समुदाय लगायतको उपस्थितीमा सम्पन्न भेलामा नगरापालिकाका मेयर ईवन राई तथा उपमेयर बिमला राईले नबनिर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post