sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसीमा एकल महिला नगर समन्वय समिति गठन

खोटाङ बैशाख–२५,   एकल महिलाको हक, अधिकारका विषयमा वकालत गर्न र जीबिकोपार्जनका क्षेत्रमा काम गर्नका लागि खोटाङमा एकल महिला नगर समन्वय समिति गठन गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको संयोजनमा लक्ष्मी राईको संयोजकत्वमा ७ सदस्यीय एकल महिला नगर समन्वय समिति गठन गरिएको हो । 

नगरपालिकाको ११ वडामध्ये हालका लागि १ देखि ६ का २१ एकल महिलालाई मात्र समेटेर एकल महिला नगर समन्वय समिति गठन गरिएको उपमेयर बिमला राईले बताउनुभयो । बाँकी ५ वडाका एकल महिलालाई पनि क्रमशः संगठित गरिने नगरपालिकाले जनाएको छ । 

एकल महिलाको भेलाले नगरपालिकाबाट एकल महिलाका लागि विनियोजन भएको ५ लाख बजेटबाट योजना निर्माण गरेका छन् । नगरबाट बिनियोजित रकमबाट ७ एकल महिलाले बालबच्चाको पठन–पाठनका लागि सोलार बत्ती खरिद गर्ने, एक महिलाले व्यवसायिक रुपमा तरकारी खेती गर्ने, एक महिलाले किराना पसल सञ्चालन गर्ने र बालबच्चा पढाउने योजना बनाएको बताईएको छ ।  बाँकी एकल महिलाले बाख्रा एबं बंगुर पालन गर्ने योजना बनाइएको उपमेयर राईको भनाई छ  । 

उक्त नगरपालिकामा वैदेशिक रोजगारीमा जाँदा, सवारी दुर्घटना, भीरबाट लडेर, तथा अन्य प्रकृतिको बिरामी भई श्रीमानको मृत्यु भएको एकल महिलाहरु रहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post