sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गोल्ड कप प्रतियोगिता सहयोगार्थ भाग्यशाली चिट्ठाको नतिजा

खोटाङ जेठ–५, खोटाङमा सम्पन्न अनुप स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सहयोगार्थ सञ्चालन गरिएको भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक गरिएको छ । आयोजक दिक्तेल फुटबल क्ल्व र माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुलले सञ्चालन गरेको भाग्यशाली चिट्ठाको पहिलो पुरस्कार चिट्ठा नम्बर १९५५ नम्बरले जितेको छ । 

यस्तै, दोश्रो पुरस्कार ३५३६ र तेश्रो पुरस्कार २३०२ नम्बरले जितेको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताउनुभयो । भाग्यशाली चिट्ठा कार्यक्रमका प्रथम पुरस्कार बिजेताले एक थान ल्यापटप, दोश्रो हुनेले फ्रिज र तेश्रो हुनेले एक थान मोबाईल प्राप्त गर्ने जनाइएको छ । 

भाग्यशाली चिट्ठा कार्यक्रममा सहभागीमध्ये १० जनाले शान्त्वना पुरस्कार वापत एक÷एक थान आइरन जितेको प्रिन्सिपल जोशीले जनाउनुभयो । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका नर्सरीका छात्र अनुप राईको स्मृतिमा बैसाख २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको अनुप स्मृति गोल्ड कपको सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रम सञ्चालन गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post