sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » निरन्तर यात्रामा ‘यारी’: जेठ–२९ गते गुण सिनेमा ग्वार्कोमा

खोटाङ जेठ–९, देशबिदेशमा प्रदर्शन हुँदै दर्शकको मन जित्न सफल नेपाली कथानक चलचित्र ‘यारी’को काठमाण्डौंको गुण सिनेमा हलमा बिशेष प्रर्दशन हुने भएको छ । देशका बिभिन्न स्थान तथा अमेरिका लगायतका देशहरुमा समेत प्रर्दशन भईसकेको किराती संस्कृतिमा आधारित यारीलाई किरात राई यायोक्खा ललितपुरले बिशेष प्रदर्शन गर्न लागेको हो । 

बीरबहादुर राई(युवराज)को निर्देशनमा पहाडी भेगका मनोरम स्थलहरुमा छायाँङकन गरिएको चलचित्र्र  आगामी जेठ–२९ गते ग्वार्कोस्थित गुण सिनेमा हलमा प्रर्दशनको तयारी गरिएको आयोजकले जनाएका छन् । यायोक्खा ललितपुरको साकेला अक्षय कोष ब्यवस्थापन सहयोगार्थ बिशेष प्रर्दशनी गर्न लागिएको चलचित्र यारी हेर्नको लागि प्रति ब्यक्ति एक हजार, पाँच सय र तीन सय रुपैंयाँ सहयोग रकम निर्धारण गरिएको छ । 
   उक्त दिन बिहान साँढे ६ बजेदेखि  चलचित्रको बिशेष प्रर्दशनी शुरु गरिने सोही चलचित्रको संगीतकार समेत रहनुभएको किरात राई साँस्कृतिक कलाकार संघको केन्द्रीय सदस्य पदम थुलुङ राईले जानकारी दिनुभयो । 

स्वयम निर्देशक युवराजकै कथा र छायाँङकन समेत रहेको चलचित्र यारीमा खोटाङ, भोजपुर, सोलु र संखुवासभाको संगम स्थलको रुपमा रहेको ऐतिहासिक सालपा पोखरी आसपास लगायतका मनोरम दृश्यहरु देख्न सकिन्छ । दक्षकुमार राईको प्रस्तुति यारीको निर्माता गणेश गिरी र प्रबिन राई तथा कार्यकारी निर्माता उर्मिला राई रहनुभएको छ । 

किराती संस्कार तथा संस्कृतिलाई जोड दिँदै समसामयिक बिषय उठान गरिएको चलचित्र यारीमा श्याम राई, कल्याण राई, निर्भिक राई, बिस्मिता राई, प्रबिण पुमा लगायतका कलाकारको जीवन्त अभिनय देख्न पाईन्छ ।

पहाडी भेगका मनमोहक र किराती ऐतिहासिक थातथलोलाई समेत उतारिएको चलचित्र यारीको लागि भुपाल राई र चन्द्र रानोहँछाले लेख्नुभएको गीतमा डक्टर किरात र पदम थुलुङ राईले संगीत गर्नुभएको छ । 
मेलिना राई, रुपकुमार राई, निश्चल राई, भिषण राई र सुनिता थेगिमको स्वर रहेको चलचित्रमा जनक राईले नृत्य निर्देशन गर्नुभएको छ ।

डिक बान्तवाको पटकथामा निर्मित चलचित्रलाई प्रबिण पुमाले अंग्रेजी अनुवाद गर्नुभएको छ । 
चलचित्र यारी हङकङ, मलेसिया लगायतका देशहरुमा पनि प्रर्दशन गर्ने मिति तय भईसकेको छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post