sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङ सदरमुकाममा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर

खोटाङ जेठ–११, खोटाङ सदरमुकाम दिक्तेलबजारमा निःशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर शुरु भएकोे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मनमोहन मेमोरियल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शुक्रबार बिहान दुई दिने बिशेषज्ञ स्वास्थ्य शिबिरको उद्घाटन गरिएको हो । 

मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रबन्धक तथा डाक्टर धर्मदत्त सुवेदीले सोही नगरपालिकाकी–१ की ८० बर्षीया कर्मसरी राईकोे चेकजाँज गरेर शिविरको सुरुवात गरिएको हो । निःशुल्क शिविरमा फेमिली मेडिसिन तथा पेट रोग, सामान्य चिकित्सा, स्त्री तथा प्रसुती रोग, शल्य चिकित्सा, बालरोग रोग, हाडजोर्नी सम्बन्धि उपचार भइरहेको जिल्ला अस्पतालको नायब सुब्बा तुलसी सुवेदीले जानकारी दिनुभयो ।

शिविरमा पहिचान भएका पाठेघर सम्बन्धिका बिरामी र बिरामीका सहयोगीलाई आयोजकले सम्पुर्ण खर्च सहित थप उपचारका लागि राजधानी लैजाने ब्यवस्था समेत गरिने मेयर दिपनारायण रिजालले बताउनुभयो । 
नगरपालिकाको ३ लाख र मनमोहन मेमोरियल शिक्षण अस्पतालको १० लाखको औषधीमा शिविर सञ्चालन भईरहेको बताईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post