sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा जारी अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा आर्मीको अग्रता(उद्घाटनका झलकहरु सहित)

खोटाङ, बैशाख–२०, खोटाङमा बिहिबार उद्घाटन भएको दोश्रो खोटाङ हलेसी खुला अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले अग्रता हासिल गरेको छ ।
 नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा जिल्ला सदरमुकाम दिक्तेलबजारको माटिकोरेमा जारी प्रतियोगितामा नेपाली सेनाले तीन स्वर्ण जित्दै बिजयी शुरुवात गरेको हो । 


जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगितामा महिला तथा पुरुष समूह काता र पुरुष एकल कातामा सेनाका खेलाडीले स्वर्ण पदक हात पारेको निर्णायक संयोजक राजेन्द्र कपालीले बताउनुभयो । 



यस्तै, महिला एकल काता प्रतियोगितामा भारतले स्वर्ण पदक हात पारेको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टोलीले क्रमशः एक लाख, ७० हजार, ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने टोली, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट टोली व्यवस्थापकलाई जनही २०/२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

 १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि प्रतिष्पर्धा हुने आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।


खेल सँस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो । 



 खेलाडी, शिक्षक, बिद्यार्थी, खेलप्रेमी लगायतको उपस्थितीमा बिशाल ¥यालीसहित सदरुमुकाम परिक्रमा गरी उद्घाटन गरिएको कार्यक्रममा जातिय झाँकी समेत प्रस्तुत गरिएको थियो । 


 प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश, ३ नम्बर प्रदेश, ४ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजक सहित नौं समूहले प्रतिष्पर्धा गर्दैछन् ।

 करिब ५० लाखको लागतमा सम्पन्न हुने प्रतियोगिताका लागि जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post