sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अग्नी पीडितलाई हङकङबाट सहयोग

खोटाङ जेठ–४, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अग्नी पीडितलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पटमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारका लागि हङकङबाट १ लाख ७६ हजार २ सय १६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो । 

अग्नी पीडितको सहज जीवन यापनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ घर भई हाल हङकङ बस्दै आएका नरेन्द्र राईको पहलमा संकलन भएको रकम अग्नी पीडितले पाउने गरी अग्नी पीडित सहयोग समितिका संयोजक गिरिराज राईलाई हस्तान्तरण गरिएको छ । 

यस्तै, अग्नी पीडितले पाउने गरी हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकै द्वारसिं राईले १ हजार ५ सय ५, निर्मला राईले १ हजार ५ र सुगम राईले ५ सय २० रुपैयाँ रकम सहयोग समितिलाई हस्तान्तरण गरेको छ । 
यसअघि अग्नी पीडितलाई खोटाङ समाज हङकङको पहलमा स्थापना गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषबाट जनही ५ हजारका दरले आर्थिक सहयोग गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post