sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगीता शुरु

खोटाङ जेठ–१०, खोटाङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता शुरु भएको छ । खेलकुदको माध्यमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्दनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको तीन दिने पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता बिहिबार शुरु भएको हो ।
 दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगिताको भलिबल तथा एथ्लेटिक्स पुर्वखेलाडी दिनेश बस्नेतले उद्घाटन गर्नुभएको हो । खोटाङकै साकेला गाउँपालिका र कृष्ण माबि टेम्माबीचमा उद्घाटन खेल भएको छ । 
आईतबारसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरुषतर्फ प्रथम स्थान प्राप्त गर्ने टिमले १ लाख ३० हजार, दोश्रो हुने टिमले ८० हजार र तेश्रो टिमले ५० हजार प्राप्त गर्ने छन् । यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ५० हजार, दोश्रो हुने टिमलाई ३५ हजार र तेश्रो टिमलाई २५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । प्रतियोगितालाई जिल्लाका गाउँपालिका तथा नगरपालिकामा सञ्चालन हुने भलिबल प्रतियोगितामध्येकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगीता मानिएको छ ।

प्रतियोगिताका उत्कृष्ट महिला÷पुरुष खेलाडी तथा अनुशासीत खेलाडीलाई पनि जनही ५/५ हजार नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय तहको पर्यटकीय स्थलका विषयमा जानकारी दिँदै आन्तरिक पर्यटकलाई गाउँपालिकामा भित्र्याउने वाताबरण निर्माणका लागि गाउँपालिकाले हरेक वर्ष भलिबल प्रतियोगीता आयोजना गर्ने जनाएको छ । प्रतियोगीतामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ९ टिमको सहभागीता रहेको छ । प्रतियोगीताका लागि खोटाङ बाहेक उदयपुर र भोजपुरका खेलाडी टेम्मा आएका गाउँपालिका प्रमुख राईले जनाउनुभयो । 

उदयपुरबाट महिला तथा पुरुष टिम आएका छन् भने भोजपुरबाट पुरुष टिम मात्र आएको गाउँपालिकाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post