sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पत्रकार उत्पादन गर्दै खोटाङका गाउँपालिकाहरु


खोटाङ, जेठ–१०, खोटाङस्थित गाउँपालिकाहरुमा धमाधम पत्रकारिता तालिमको आयोजना भईरहेका छन् । गाउँपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले जिल्लाका बिभिन्न पालिकामा  आधारभूत पत्रकारिता तालिमको आयोजना भईरहेको हो ।  सञ्चार बिनाको समाज परिकल्पना गर्न नसकिने भन्दै गाउँपालिकाहरु पत्रकार उत्पादनको अभियानमा लागेका हुन् ।  

केही समय अघि खोटेहाङ गाउँपालिकामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भए लगत्तै बिहिबारदेखि ऐसेलुखर्क गाउँपालिकामा तीन दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ खोटाङको सहजीकरणमा शुरु भएको तालिममा ४० जना प्रशिक्षार्थी रहेका छन् । 

तालिम उद्घाटन गर्दै गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले विश्वसनीय र तथ्यपूर्ण विषयमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिनुभयो । देखेको र सुनेको कुराहरुलाई मात्र समाचारको रुपमा देख्न नहुने बताउँदै उहाँले विषयवस्तुको गहिराइसम्म पुगेर तथ्यपरक समाचार सम्प्रेषण गर्न समेत आग्रह गर्नुभयो । 
ऐसेलुखर्कमा तालिम सम्पन्न भए लगत्तै हलेसी न्युज नेटवर्कको आयोजना तथा गाउँपालिकाका आर्थिक सहयोगमा उत्तरी गाउँपालिका बाक्सिला, रावाबेंसीमा तालिम सञ्चालन हुने जनाईएको छ ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post