sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » क्यान्सर पीडित युवाको जीवन रक्षाको याचना

खोटाङ जेठ–११,  खोटाङ नुन्थलाका ब्लड क्यान्सर पीडित युवा अनिल राईको जीवन रक्षाका लागि सहयोगको याचना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ खाम्लाका १९ बर्षिय राईको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै आफन्तले जीवन रक्षाका लागि याचना गरेका हुन् ।

काठमाण्डौंस्थित सिभिल सर्भिस अस्पतालमा उपचाररत अनिलमा ब्लड क्यान्सरको शुरुवाती अवस्था देखिएकोले उपचार सम्भब हुने बिशेषज्ञ डाक्टरको भनाई छ । उपचारको लागि परिवारको आर्थिक अवस्थाले धान्नै नसक्ने भएकोले सबैमा मानवीय सहयोगको लागि हात फैलाउनु परेको आफन्त बताउँछन् ।

अनिल बचाउनका लागि आफ्नै दाजु जीवन राईको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर आर्थिक सहयोगको अपिल गरिएको आफन्त भुवन राईले जानकारी दिनुभयो ।
आफन्त राईको अनुसार आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकको १४२००६७३२२१० नम्बरको खाता सञ्चालन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post