sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बाख्रा चराउन गएका खोटाङका तीन बालबालिका सुनकोसी नदीमा बेपत्ता

खोटाङ बैशाख–२४,  खोटाङस्थित बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीन जना बालबालिका सुनकोसी नदीमा बेपत्ता बनेका छन् । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन श्रेष्ठ, जीवन माझीको छोरा १० वर्षीय छोरा समिन माझी र धु्रब माझीका ११ वर्षीया छोरी अनिता माझी गत शनिबारदेखि सुनकोसी नदीमा बेपत्ता बनेका हुन् । 

बिद्यालय जाने बालबालिका बिदाको दिन बाख्रा चराउन गएको समयमा नदीमा खेल्ने क्रममा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मध्यान्ह करिब १२ बजेको समयमा नदीमा खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोश्रो बालकलाई बचाउन खोज्दा तीनै जना बेपत्ता बनेको डीएसपी थापाको भनाई छ । 

४ जना बालबालिका बाख्रा चराउन गएकोमा तीन जना साथी बेपत्ता बनेपछि अर्को जना बालकले घरमा खबर पु¥याएका थिए । बेपत्ता बालवालिकाको स्थानियले खोजतलास गर्दा नभेटिएपछि आईतबार साँझ मात्र परिवारले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय चिसापानीका टोली खटाईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post