sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खार्मीको सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन

खोटाङ जेठ–१०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्न शिक्षकहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । वडामा रहेका सबै बिद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने पुर्वतयारी स्वरुव आधारभुत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । 

गाउँका अभिभाबक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठन–पाठनको अन्तिम तयारी गरेको हो । 

अंग्रेजी माध्यमको पाठ्यक्रम, पुर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापन लगायतका बिषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव चित्र सुबेदीले बताउनुभयो । अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिसकिएको वडा शिक्षा समितिले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post