sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बिस्तार भईरहेको अवस्थामा विद्युतको तार चोरी

खोटाङ बैशाख–१९, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिस्तारको काम भइरहेको समयमा बिद्युतको तार चोरी भएको छ । नगरपाािलकाको तीन नम्बर वडामा पर्ने च्यास्मीटार, दुई नम्बर डिकुवा र एक नम्बर वडा बाहुनीडाँडामा विद्युत बिस्तारका लागि पोल र तार टाँग्ने काम भइरहेका समयमा तार काटेर चोरी भएको हो । 

रातको समयमा विद्युतको तार काटेर चोरी गर्ने व्यक्तीको पहिचान हुन नसकेको च्यास्मीटार–डिकुवा–बाहुनीडाँडा बिद्युत बिस्तार उपभोक्ता समितिका अध्यक्ष तुलसी तिलुङ खम्बूले बताउनुभयो । च्यास्मीटारको बनपालामा दुई ठाउँमा थ्री फेज लाईनको तार काटेर चोरी भएको बताईएको छ । विद्युतको तार काटेर आलमुनियमको तार छुट्याएर लगेको पाइएको अध्यक्ष तिलुको भनाई छ । 

अज्ञात व्यक्तीले घरायसी काममा बन्धनकारुपमा प्रयोग गर्नका लागि तार काटेर चोरी गरेको अनुमान गरिएको छ ।  तार काटेर चोरी गर्नेको खोजी भइरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post