sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भाग्यले बाँचेर घर फर्केको रामप्रसाद भन्छन् : ‘ऋण कमाउन बिदेश गईएछ !’

लीला निरौला/खोटाङ
  जेठ–८,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को रामप्रसाद आचार्य वैदेशिक रोजगारीको लागि शुरुमा मलेसिया जानुभयो । सन् २००१ मा ८५ हजार रुपैंयाँ मेनपावर कम्पनीलाई बुझाएर मलेसिया गएको आचार्यको कमाई जम्मा ४ सय ८१ रिङ्गेट हुने गरेकोमा १ सय ३३ लेबी काट्थ्यो । 

गएको ऋण तिर्नै पर्ने बाध्यताले जसोतसो काम काम गर्दै हुनुहुन्थ्यो । काम गर्ने शिलशिलामा मलेसिया पुगेको दशौं महिनामा घरको छतबाट लडेर खुट्टा भाँच्चियो ।  १० महिना सम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन । १७ महिना मलेसियामै आराम गरेर स्वदेश फर्कनुभयो ।

मलेसिया जाँदाको ऋण कतारबाट चुक्ता गर्ने सोँचले लगत्तै ऋणै खोजेर  १ लाख १५ हजार रुपैंया तिरेर कतार जानुभयो । कतारमा पनि शुरुमा त भने जस्तो काम र दाम पटक्कै भएन । तर केही महिना काम गर्दै जाँदा ठीकै कमाई भयो र ७ वर्षसम्म पसिना बगाई  ३ लाख रुपैंया जम्मा गरेर २०६५ सालमा घर फर्कनुभयो । 

करिब ७ बर्षसम्म घरमै थकान मेट्नुभएको रामप्रसादलाई सायद ‘साँढे सातको दशा’ ले छोएर होला २०७१ मा फेरि मलेसिया हान्निनुभयो । मलेसिया  पुग्नुभएको ४ महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । भन्नुहुन्छ–‘इलेक्ट्रिसियनको काम गर्थे काम गर्दैथेँ ४० तला माथिदेखि भुईंमा खसेछु ।’ बिश्वास मान्दैन भनेर हो की थप्नुभयो–‘ एक दिनभरी होसै आएन रहेछ नि !’ 

आचार्यको भाग्यले ज्यान त बच्यो तर हात–खुट्ट दुवै बेकामे हुने गरी भाँचियो । टाउकोमा समेत गहिरो चोट लागेको आचार्य त्यहीँको अस्पतालमा १० महिना सम्म रहनु प¥यो ।  
‘कम्पनीले स्टिल लगाउन चाहिँ सहयोग ग¥यो ।’  घरबाट ७ लाख पैसा पठाई मागेर उपचार गरी फर्किनुभएको आचार्य बिश्मात गर्दै भन्नुहुन्छ–‘ज्यान भत्काउन र ऋण कमाउन बिदेश गईएछ ।’ 

हाल, थोरै लगानीमा घरमै सानो पसल सुरु गर्नु भएको छ । २ छोरा र श्रीमतीको साथमा रहनुभएको रामप्रसादले हप्तामा २ पटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल पनि गर्नुहुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post