sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको चार समाजसेवीले प्रदान गरे गाउँपालिकालाई निःशुल्क जग्गा

खोटाङ  बैशाख–२५, खोटाङको चार समाजसेवीले गाउँपालिकाको कार्यालय निर्माणको लागि ७ रोपनी ८ आना निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । जिल्लाको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको लागि  कार्यालय निर्माणका लागि भविन्द्र राईले १ रोपनी ८ आना, ईन्द्रप्रकाश राईले १ रोपनी ८ आना, हर्कराज राईले ३ रोपनी र होमप्रसाद राईले १ रोपनी ८ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । 

जग्गादाताहरुले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा मालपोत कार्यालयमा जग्गा पास गराएर लालपूर्जा हस्तान्तरण गर्नुभएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । जग्गादाताहरुबाट निःशुल्क जग्गा प्राप्त भएसंगै तत्काल गाउँपालिकाको भवन निर्माणको काम थालिने अध्यक्ष राईको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post