sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » बुइपाको गायक निर्बाचन राईको १८ बर्षे बिदेश बसाईको नालीबेली : सुपरमार्केटको स्टकर हुँदै म्यानेजरसम्म

 चिरञ्जिबी घिमिरे 
बैशाख -१८,   वैदेशिक रोजगारीका क्रममा सिकेको सीपले नै अहिले उनी नेपालमा ठूलो लगानीको व्यवसायी बन्न सफल भएका छन्। १६ वर्ष खाडी मुलुकको दुस्खलाई भुलेर दुई वर्षदेखि उनी आफ्नै देशमा व्यवसाय गर्दै छन्। विदेशमा काम गरेको अनुभवले नै निर्बाचन राई यतिबेला काठमाडौंमा तीनवटा सुपरमार्केट र एउटा सहकारी चलाउन सफल भएका छन्।

 उक्त संस्थामा उनी मात्र छैनन्, विदेश बसेर नेपालमा नै लगानी गर्ने इच्छा जनाएका २६ जनाले उनको योजनालाई सफल पार्न साथ दिएका छन्। नेपालमा नै रहेर लगानी गर्न चाहाने ७ जना पनि यो कम्पनिको लगानीकर्ता बनेका छन्। यसरी सबै जनाको इच्छा शक्तिका कारण बनेको हो, महानगर इन्भेष्टमेटर महानगर सहकारी। अहिले उक्त संस्थामा उनीहरूको तीन करोड बराबरी लगानी पुगेको छ। 

सुरु १८ लाखबाट सुरु गरेको महानगर सुपरमार्केट उपत्यका तीन स्थानमा शाखा सञ्चालन हुँदै आएको छ। तीनकुने, धापाखेल र कपनमा शाखा रहेको उक्त सुपरमार्केटमा २१ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्। निर्बाचन यस संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् भने सहकारीका अध्यक्ष हुन्। उनी पनि कर्मचारीसँगै दैनिक तीन ठाउँमै रहेको सुपरमार्केट धाउँछन्। 

उनी भन्छन्, ‘नेपालमा लगानी गरेर व्यवसाय गर्न निक्कै मुस्किल रहेछ। तर, पनि दुई वर्षदेखि खटिरहेको छु लामो समय विदेश बसेँ। अब आफ्नै देशमा केही गर्ने योजना छ।’ २०५४ साल ताका माओवादीको सशस्त्रयुद्धले पनि उग्ररूप लिएको थियो। जताततै द्वन्द्व, देशमा रोजगारको अवसर केही थिएन। त्यसले उनलाई पनि नराम्रोसँग प्रभाव पारेको थियो। निर्बाचन भन्छन्, ‘हुन त मलाई व्यक्तिगत रूपमा केही असर पारेको थिएन। तर, जताततै युद्धको खबरले एककिसिमले मानसिक रूपमा प्रभाव पारेको थियो।’ 

’दुबई त युरोपजस्तो लाग्यो’ 

खोटाङको बुइपास्थित बिकट गाउँमा जन्मिएका उनी सानै उमेरदेखि गीतरसंगीत क्षेत्रतर्फ लगाव राख्थे। घरको एउटा छोरा भएकाले बुबा आमाले पनि उनको सबै इच्छा पूरा गरिदिन्थे। तर, बिकट क्षेत्रमा जन्मिएका निर्वाचनको परिवारको आर्थिक अवस्था त्यति दह्रो थिएन। तर, पनि छोराको गीतरसंगीत क्षेत्रको लगावदेखेर परिवारले पढ्नका लागि भन्दै काठमाडौं पाठाए। 

एसएलसी पास गरे पछि उनी संगीतसँगै उच्च शिक्षालाई अघि बढाउन भन्दै २०४८ सालमा काठमाडौं छिरे। एक्लो छोरो गाउँमा हुँदा खासै दुःख सहनु परेको थिएन। तर, काठमाडौं आएर उनले दुःख र आर्थिक समस्यालाई उनले पनि झेल्नु पर्‍यो। त्यसबेला उनले पैसाको महत्त्व बुझे। ‘गाउँबाट त पैसा पाठाउनु हुन्थ्यो। तर, त्यो पैसा पर्याप्त थिएन’, निर्बाचन भन्छन्, ‘धेरै समस्या हुन्थ्यो पैसाको, पैसा कमाउने बाटो केही थिएन।

 नेपालमा रोजगारी पनि केही थिएन।’ उनी संगीतप्रति पनि लगाव राख्ने भएकाले एल्बम निकाल्न पनि पैसा नै चाहिने, त्यसकारण उनले पैसा कमाउने विकल्प खोज्दै थिए। त्यसपछि उनले पढ्दै गर्दा विवाह पनि गरे। विवाह गरेर दुईवटा छोराहरू जन्मिएपछि त झन् उनले दुःख के हो प्रस्ट बुझे। २०५४ साल ताका माओवादीको शसस्त्रयुद्धले पनि उग्ररूप लिएको थियो। जताततै द्वन्द्व, देशमा रोजगारको अवसर केही थिएन। त्यसले उनलाई पनि नराम्रोसँग प्रभाव पारेको थियो। निर्बाचन भन्छन्, ‘हुन त मलाई व्यक्तिगत रूपमा केही असर पारेको थिएन। तर, जताततै युद्धको खबरले एककिसिमले मानसिक रूपमा प्रभाव पारेको थियो।’ तर, उनलाई विदेश जाने पटक्कै मन थिएन। देशमै केही गर्नुपर्छ भन्ने उनको सानैदेखिको सोच थियो। 

तर, पैसाको निक्कै अभाव भएपछि उनले सोचको पनि केही लागेन। उनका एक आफन्त मेनपावर सञ्चालक थिए। एक दिन आफ्न्तले उनलाई विदेशबाट माग आएकाले मान्छे खोज्न भनेछन्। तलब सोधेर निर्बाचन आफैंले जाने मन गरे। मेनपावर सञ्चालकले काम गर्न गाह्रो हुने जानकारी गराए। महिनाको ४० हजार हुँदा वर्षमा ४ लाख ६० हजार हुने हिसाब गरेर उनले जाने मन बनाए। त्यसबेला दुबईमा रोजगारीका लागि खासै जाँदैन थिए। उनलाई पनि पैसाको निक्कै आवश्यता, फेरि दुबई गल्फ कन्ट्रि होइन जस्तो लाग्यो। 

‘दुबई अहिलेको जस्तो सुनिदैन थियो। मलाई त यूरोप जस्तो लाग्यो जाने निर्णय गरेँ।’ घरको एक मात्र छोरा, त्यसबेलाको समाज, उनलाई घरबाट विदेश पठाउने त कुनै सम्भावना नै थिएन। उनले यो निर्णय घरमा नसुनाउने निधो गरे। भन्छन्,‘घरमा त सुनाउँदिन भने, तर पैसाको धेरै समस्या भयो। ६०र७० हजार रुपैयाँ लाग्ने रहेछ। त्यसबेला त्यो पैसा निक्कै ठूलो हो। तर, आफन्तलाई मागेँ र व्यवस्थापन गरेँ।’ उनी कला क्षेत्रमा पनि रुचि राख्ने भएकाले राहदानी पहिल्यै बनाइसकेका रहेछन्। 

त्यसले उनलाई निक्कै सहज बनायो। भन्छन्, ‘कलाकार हो कहिले विदेश जानु परिहाल्छ कि भनेर पासपोर्ट बनाएको थिएँ। पासफोर्ट बनाउन अहिले जस्तो सजिलो पनि थिएन। काठमाडौंमा बनिदैन थियो। जिल्लै जानुपथ्र्यो।’ 

खाडीको संघर्ष 

उनसँगै सात जनाको टोली सन् २००० को जनवरीमा रोजगारीका लागि भनेर दुबई पुगे। विश्वकै दोस्रो ठूलो मार्केट, क्यालिफर सुपरमार्केट मै काम रहेछ। पद रहेछ स्टकर। काम मेनपावरले भने जस्तै रहेछ। सुपरमार्केटकमा सामान मिलाउने, उपभोक्तालाई सामान दिने। तर, तलबचाहिँ भनेको जस्तो रहेन छ। भन्छन्, ‘कहाँ भनेको जस्तो २० हजार टिप्स हुँदो रहेछर र। 

त्यसमा पनि हामीलाई टिप्स लिन लाज लाग्ने हुन्थ्यो। २०र२१ हुन्थ्यो। पैसाका लागि मात्र दौड्नेले त लगभग त्यति कमाउनुहुन्थ्यो। तर, मलाई त्यता लाज लाग्थ्यो।’ दैनिक १२ घण्टा काम गर्नु पथ्र्यो। नेपालमा उनले खासै काम गरेका थिएनन्। भने जति पैसा पनि नभएपछि उनले गएको एक महिनामा नै नेपाल फर्कने सोच बनाए। फर्केर आउन साहुबाट लिएको त्यत्रो ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो। तर, उनको संगीत यात्राले नै जीवन नै मोडिदियो। उनी म्यानेजरको नजरमा पर्न सफल भए। 

निर्बाचन भन्छन्, ‘म हाइपर मार्केटमा काम गर्दै थिएँ। एक जना साथीले मेरो गीतको सिडि मगाएको थियो । मैले कोटको गोजिमा राखेको थिएँ। त्यहाँ काम गर्नेले सामान पनि चोर्थे। त्यही सम्झेर म्यानेजरले मलाई के हो यो भनेर सोधे।’ त्यही गीतको सिडिले उनको भाग्य बदलिलियो। त्यही सिडिका कारण उनी म्यानेजरको नजरमा परे, अन्तिममा त्यही पदसम्म पुग्न सफल भए। 

त्यसबेला उनी गएको एक महिना मात्र भएको थियो। त्यसपछि उनले आफ्नो रुचिका बारेमा म्यानेजरलाई सुनाए। ‘म्यानेजरले पनि तँ यस्तो मान्छे किन यहाँ आएको भन्नुभयो। मैले सबैभन्दा ठूलो समस्या पैसाको रहेको बताएँ। उहाँले मलाई यो काममा खुसी छस् भनेर सोध्नु भयो मैले हुनै पर्छ भनेर उत्तर दिएँ। मेरो बाध्यता सुनाएँ।’ त्यसपछि उनीलाई म्यानेजरले बढुवा गर्न आश्वासन दिए। घर फर्कने विचार बनाएका उनी म्यानेजरको आश्वासनले त्यहीँ बस्ने निधो गरे। 

‘त्यसपछि म धेरैँ खुसी भएँ। त्यहाँ रहेका साथीहरूले पनि पर्मोसन भएको कुरा सुनाउनु हुन्थ्यो। त्यसले केही आशा पलाउँथ्यो।’ त्यसपछि उनलाई काममा जाँगर पनि आयो। साथीहरूलाई पनि बस्छु भन्न थाले राईले। भन्छन्, ‘अफिसमा सिइओ, जिएम, म्यानेजर गरेर सबैको फोटो टाँसेको हुन्थ्यो। म साथीहरूलाई यहाँ पुग्छु भन्दै साथीहरूलाई सुनाउँथेँ। धेरैले उडाँथे पनि। त्यसबेला चाहिँ दुःख पनि लाग्यो।’ 

तर, उनलाई म्यानेजरले बढुवा गरेर १२ घण्टादेखि घटाएर ८ घण्टाको मात्र ड्युटि बनाइदिए।  त्यसले पनि उनमा निक्कै आशा पलायो। तर, उनले काम नसकेसम्म गरिरहे। १२ घण्टासम्म काम गर्थे उनी। त्यसो गर्दा काम पनि देखिने र उनले सीप पनि सिक्थे। एक वर्ष नाघिसकेपछि तलब पनि दुई सय दिराम बढ्यो। उनको काम देखेर म्यानेजरले फेरि सुपरभाइजरमा बढुवा गर्न प्रस्ताव लगे। तर, बढुवा हुनुको सट्टा हुनको तलबमा दुई सय दिराम बढाइयो। त्यसले उनमा अब केही गर्न सकिन्छ भन्ने अत्मविश्वास बढ्यो। 

त्यसपछि उनले आफ्नो कामलाई निरन्तरता दिँदै गए। भन्छन्, ‘त्यो कम्पनीमा म्यानेजर फेरिरहन्थे। पछि अर्को मयानेजर आएपछि सुपरभाइजरको काम पाएँ। तर सेवा सुविधा बढेन। मेरो काम देखेर सबैले मन पराउँथे।’ त्यसबेलासम्म उनलाई पुनः वितृष्णा सुरु भइसकेको थियो। दुई वर्षमा बल्ल गएको ऋण तिर्दै थिए उनी। पैसा जम्मा गर्न सकेका थिएनन्। कमाएको पैसा पनि संगीतका सामाग्री किन्दैमा सकेका थिए निर्बाचनले। उनले भने,‘मैले प्रोमसन हुँदैन भने बस्दिन बनेर म्यानेजरलाई कुरा राख्दै गर्दा म्यानेजरभन्दा माथिल्लो पोष्टको मान्छे आएर प्रमोसन गर्ने बचन दिए।’

 ’प्रमोसन’को क्षण

 उनलाई त्यो बचनले केही आशा जगाएको थियो। त्यसको पर्सिपल्ट उनको बिदा थियो। उनी आफन्तलाई भेट्न गएका थिए। म्यानेजरले जिएमको नाम लिएर तुरुन्त आउन आग्रह गरे। उनी पनि त्यहाँ तत्काल पुगे।
 भन्छन्, ‘जिएमले सबैसँग राखेर मेराबारेमा कुरा गर्नुभयो। अनि मलाई सुपरभाइजरमा प्रमोसन गर्नुभयो। त्यसबेला सुपरभाइजरको २४ सय दिराम सेलरी र अन्य सुविधान गरेर साढे ६ हजार पुग्थ्यो। मलाई त सपना जस्तौ लाग्यो मेरो खुसीको सीमानै रहेन।’ त्यसपछि उनले आफ्नो कामलाई झनै तीव्रता दिए। उनको काम देखेर सबै जना आकर्षित र चकित थिए। तर, उनको सांगीतक जीवन भने ध्वस्त नै भइसकेको थियो।

 उनी भन्छन्, ‘मसँगैका साथीहरू निक्कै चर्चित भएका थिए। राजेशपायल राई, खेम गुरुङहरू, पार्वती राई, सरला राईको चर्चा राम्रो थियो। तर मचाहिँ जहाँको त्यही, फेरि अर्को मनले सोचे सबै कुरा पैसा हो जस्तो लाग्यो।’ त्सपछि उनी सुपरभाइजर भएको एक वर्षमा नै म्यानेजर भए। त्यसबेला ९ हजार दिराम र अन्य सेवा सुबिधा पनि थियो। तर, पछि उनलाई साउदी पठाउने निर्णय गर्‍यो। उनी मानेनन्। पछि सिनियर म्यानेजर बनाएर उनलाई कतारमा पठाउने निर्णय गर्‍यो कम्पनीले। 

उनी पनि कतार गए। उनले आफ्नी श्रीमती र कान्छा छोरालाई कतारमै लगे। कतारमा उनी करिब आठ वर्ष बसे। संस्था दर्ता गर्न मैले नेपाली ४ लाख रुपैयाँको जागिर छाडेर आउनुपर्‍यो। त्यसबेलामा म धर्म संकटमै परेँ। नआऊँ भने साथीहरूले त्यत्रो विश्वास गरेका थिए, आऊँ भने जागिर छाड्नु पर्ने तर, साथीहरूलाई विश्वासघात गर्न चाहन्नथेँ।

 नेपालमा लगानी गर्ने योजना

 आफू म्यानेज भएपछि उनले व्यवसायमा कसरी लगानी गर्ने, कसरी नाफा हुन्छलगायत कुरा बुझिसकेका थिए। विदेशमा बसेर सधैँलाई त हुँदैन थियो। त्यसकारण पनि नेपालमा नै लगानी गरेर यस्तै व्यवसया सुरु गर्नुपर्छ भन्ने उनको लक्ष्य थियो। 

‘मैले यो योजना दुबईमा हुँदै बनाएको थिएँ। तर, एक्लै पैसा पनि पुग्दो थिएन’ राईले भने, ‘पछि कतार गएपछि सबै नेपाली साथीहरूलाई सुनाएँ। उहाँहरू पनि पोजेटिभ हुनुभयो।’ त्यसपछि कतारमा रहेका सात जना नेपालीले उनको नेतृत्वमा पैसा उठाउन सुरुभयो। उनले भने, ‘सुरुमा सेलरी आएपछि हामीले जतिसक्दो पैसा उठाउन थाल्यौँ। सुरुमा ऋणको रूपमा आफैँ(आफैँ पैसा जम्मा गर्न थाल्यौँ।’

 उनीहरूले यसलाई स्वरोजगारका लागि प्रयोग गर्ने योजना बनाएका थिए। तर, यसरी ऋणको रूपमा चलाउँदा समस्या आउने भन्ने राईलाई लाग्यो। भन्छन्, ‘योजनाकार र पोस्टको हिसावले पनि साथीहरूले मलाई जिम्मेवारी त दिनुभयो, तर यसले समस्या निम्त्याउँछ कि जस्तो लाग्यो मलाई। ठूलो आकार भएपछि मलाई समस्या पर्नेभयो।’ त्यसपछि उनीहरूले सहकारीमा लगानी गर्ने योजना बनाए। पैसा जम्मा १८ लाख थियो। कार्यालय व्यवस्थापन गर्दा ९ लाख बाँकी रह्यो। त्यो पैसाले सात वर्षअघि महानगर सहकारी सुरुभयो। 

सहकारीको स्रोत वैदेशिक रोजगार नै हो। तर, उनीहरूको योजना व्यवसया नै गर्ने थियो। तर सहकारीबाट अन्य क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने उनीहरूलाई थाहा थिएन। तीन वर्षमा सहकारी नाफामा पनि पुग्यो। अन्य व्यवसाय गर्न पूँजि पनि नपुग्ने, सहकारीले अन्य क्षेत्रमा लगानी गर्न पनि नपाउने भएपछि अनीहरूको समस्या आयो। 

फेरि उनीहरूले अर्को योजना बनाए। सहकारीमा भएका बाहेककालाई पनि समावेश गरेर व्यवसाय खोल्ने निधो गरे उनीहरूले। त्यसपछि उनीहरूले महानगर इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ नामक संस्था दर्ता गरे। उनी भन्छन्, ‘संस्था दर्ता गर्न मैले नेपाली ४ लाख रुपैयाँको जागिर छाडेर आउनुपर्‍यो। त्यसबेलाम म धर्म संकटमै परेँ। 

नआऊँ भने साथीहरूले त्यत्रो विश्वास गरेका थिए, आऊँ भने जागिर छाड्नु पर्ने तर, साथीहरूलाई विश्वासघात गर्न चाहन्नथेँ।’ त्यसबेलासम्म उनीहरूले एक करोड रकम संकलन गरेका थिए। त्यसैले सबैको सल्लाहमा उनले त्यहाँको जागिर छाडेर आए। 

उनी भन्छन्, ‘म जान्छुभन्दा साथीहरू छक्क पर्नुभयो किनकी धेरै साथीहरूको तलब त मेरो तलबको आधाभन्दा धेरै कम थियो।’ त्यसपछि नेपाल आएर दुई वर्ष अघि उनले महानगर इन्भस्टमेट अएण्ड ट्रडिङ सञ्चालन गरे। अहिले यही संस्थामार्फत सुपरमार्केट सञ्चालन हुँदै आएको छ। तर नेपालमा व्यवसाय गर्न निक्कै गाह्रो भएको उनी बताउँछन्। भन्छन्, ‘सरकाको नियम पनि फितलो छ। 

नियममा नचल्ने व्यापारीका कारण हामी नियममा चल्नेलाई समस्या छ। सरकारले यो बेतिथिको अन्त्य गर्नुपर्छ।’ अहिले उनीहरूकने सुपरमार्केट घाटामा छैन। तर, राम्रो नाफा पनि कमाउन सकेको छैन। उनी भन्छन्, ‘सञ्चालन भएको दुई वर्षभयो। अहिलेसम्म नाफामा छैन। चलाउन पुगेको छ। पाँच वर्षपछि नाफा खाने हाम्रो लक्ष्य छ।’

 ’सकभर विदेशै नजाऔं’

 युवाहरूलाई विदेशै नजानु भन्ने राईको पहिलो सुझाब हो। तर, नेपालको अहिलेको अवस्था हेर्दा देशै रेमिट्यान्सले चलेको छ। त्यसकारण विदेश जाने भए सबै कुरा बुझेर जानुपर्ने उनको सुझाव छ। भन्छन्, ‘विदेश नै नजानु भन्न त सकिने अवस्था छैन। तर सधैँ उतै बस्ने योजना नबाउनुहोस्। त्यहाँ गएर पैसा पनि कमाउनुपर्छ। 

अनि त्यहाँ सिकेको सीपलाई नेपालमा नै प्रयोग गर्नुपर्छ। जसले दिगो रोजगारी दिन्छ।’ विदेश जानै परे आफूले गर्ने काम र कम्पनीका बारेमा जानकारी लिनुपर्ने उनी बताउँछन्। भन्छन्,‘नबुझि विदेश जाँदा धेरै युवाहरू समस्यामा परेका हुन्छन्। विदेश जानेबेलामा कम्तिमा आफूले गर्ने काम केहो, तलब कस्तो छ, बुझन्नुपर्छ।’ त्यहाँ जाने देशको कानुनका बारेमा पनि केही जानकारी लिन सके राम्रो हुने राई बताउँछन्। भन्छन्,‘विदेश जाँदा आफूले गर्ने काम यहीँ सिकेर जाँदा राम्रो हुन्छ। अनि त्यो देशको कानुनबारे जानकारी लिँदा राम्रै हुन्छ।सामान्यतः कानुन त उस्तै नै कहो तर विदेशमा कडा रूपमा लागू हुन्छ।’ 
                                                                                                                -थाहा खबरबाट साभार                     

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post