sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » लक्ष्यमा डो¥याउँदै सम्पन्न भयो ‘वित्तिय साक्षरता कक्षा’

खोटाङ जेठ–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित वित्तिय साक्षरता कक्षाका कारण सहभागीहरुले उपलब्धी हासिल गरेसँगै कक्षा सम्पन्न गरिएको छ । गत असोजदेखि शुरु गरिएको वित्तिय साक्षरता कक्षाका अधिकांश सहभागीहरुले वित्तिय लक्ष्य अपनाउनका साथै ब्यवसायिक योजना शुरु गरेसँगै कक्षा सम्पन्न गरिएको हो । 

उक्त नगरपालिकाको १, २ र ४ नम्बर वडामा बालसेवा समाज नेपाल नेर्पाले सञ्चालन गरेको वित्तिय साक्षरता कक्षामध्ये एक नम्बर वडाका पाँच समुहको लागि बुधबार कक्षा समापन गरिएको हो । सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सञ्चालित उक्त कक्षाका पाँचै समुहमा आवद्द सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कक्षालाई औपचारिक रुपमा समापन गरिएको हो । 
वैदेशिक रोजगारीमा गएका परिवारको बिप्रेषण प्रापक तथा सञ्चालकहरु सहभागी गराएर दिईने उक्त कक्षाको समापनमा स्थानीय जनप्रतिनिधि, संस्थाका अध्यक्ष लगायतको उपस्थिती रहेको कक्षाका सहजकर्ता  मिनप्रसाद आचार्यले जनाउनुभयो । 

सहजकर्ता आचार्यका अनुसार कक्षामा सहभागी बनेका बिप्रेषण प्रापकहरुले कक्षाकै कारण आम्दानी बढाउने, खर्च घटाउने र बचत गर्ने बानीको बिकास गरेका छन् । कक्षामा सहभागी भई छलपलmमा जुटेपछि आम्दानीको बाटो बनाउन कतिपयले ब्यवसायिक कुखुरा, बाख्रा पालनमा लागेका छन् भने कतिपयले तरकारी लगायतको फर्म नै दर्ता गरी सञ्चालन गर्न शुरु गरेको कक्षाको सहजिकरणमा जुट्नुभएको बिनिता राईको भनाई छ । 

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई ब्यवस्थित गर्ने तरिकाबारे कक्षामा छलफल भए लगत्तै सहभागीहरुले आफ्नो आम्दानी र खर्चको बिवरण राख्ने, बर्षभरि प्राप्त हुने बिप्रेषणको आधारमा वित्तिय लक्ष्य लिने अर्थात बार्षिक खर्च कटाई बचत गर्ने गरेका थिए । बालबालिकाको फजुल खर्च घटाई खुत्रुके बचत गर्ने, बैंक खाता खोल्ने र कारोवार गर्ने लगायत आम्दानीको अनेक उपायहरु सहभागीहरुले अपनाउन थालेको वित्तिय साक्षरता सहजकर्ताहरु बताउँछन् ।   

वैदेशिक रोजगारीबाट आएको  सहभागीहरुलाई गरिएको सहभागीहरु प्रभावमापसहभागीहरु वित्तिय लक्ष्यतर्फ उन्मुख भएका छन् । 
त्यस बाहेक कक्षाका सहभागीहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धीमुलक बनाउने उपाय र प्रक्रियाहरुबारे समेत जानकार बनेको बताईएको छ । वैदेशिक रोजगारीबाट आएको बिप्रेषणलाई दीगो आयमुलक अर्थात सँधैभरि बिदेश नै बसिरहनुपर्ने अवस्था नआउने गरी लगानी गर्ने बारेमा सहभागी स्पष्ट बनेको बाल सेवा समाजले जनाएको छ । 

नगरको २ र ४ नम्बर वडामा भने कक्षा जारी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post