sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको कुल बजेट २ अर्ब २७ करोड २९ लाख (विवरणसहित)

काठमाडौं १५ खोटाङ । खोटाङका १० स्थानीय तहलाई २ अर्ब २७ करोड २९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा दुई नगरपालिकालाई ७५ करोड २४ लाख र ८ वटा गाउँपालिकालाई १ अर्ब ५२ करोड ५ लाख बिनियोजन गरिएको छ ।

रुपकोट मझुवागढी नगरपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत १४ करोड ९ लाख र र सशर्त अनुदानमार्फत ३२ करोड ९ लाख बिनियोजन गरिएको छ । यसैगरी, हलेसी तुवाचुङ नगरपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत १० करोड ३६ लाख  र सशर्त अनुदानमार्फत १८ करोड ७० लाख बिनियोजन गरिएको छ ।

यसैगरी, ऐसेलुखर्क गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत ६ करोड ९३ लाख र सशर्त अनुदानमार्फत १३ करोड ७० लाख, केपिलासगढी गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत ६ करोड ७० लाख  र सशर्त अनुदानमार्फत ११ करोड ५६ लाख, खोटेहाङ गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत ८ करोड ६९ लाख र सशर्त अनुदानतर्फ १४ करोड ३१ लाख बिनियोजन गरिएको छ ।

यसैगरी, जन्तेढुंगा गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत ६ करोड ७७ लाख  र सशर्त अनुदानतर्फ १२ करोड ४१ लाख, दिप्रुङ गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत  ८ करोड २७ लाख र सशर्त अनुदानतर्फ १५ करोड २५ लाख, रावा वेंशी गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत  ६ करोड ४ लाख र सशर्त अनुदानतर्फ १० करोड १८ लाख, बराहपोखरी गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत ६ करोड ३७ लाख  र सशर्त अनुदान १० करोड १५ लाख र साकेला गाउँपालिकालाई बित्तीय समानीकरण अनुदानमार्फत  ६ करोड र सशर्त अनुदानतर्फ ८ करोड ७२ लाख बिनियोजन गरिएको छ ।

माथि उल्लेखित बजेट सिँधै स्थानीय तहले खर्च गर्न पाउने बजेट हो । राष्ट्रिय योजनाका कार्यक्रमका बजेट भने उल्लेखित बजेटभन्दा थप हुनेछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post