sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » भारतका प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौँमा

काठमाडौँ, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् । उनी जनकपुर हुँदै काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरेका थिए । यसअघि उनी जनकपुर विमानस्थलमा उत्रिएर जनकपुर मन्दिरको दर्शन गरेका थिए ।

काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुगेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post