sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घटेन महिला हिंसा

खोटाङ असार–२, महिला अधिकार तथा सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु आयोजना भईरहे पनि खोटाङमा महिला हिंसाको अवस्था ज्यूँ का त्यूँ पाईएको छ । जिल्लाका महिला अधिकारकर्मी लगायत सो सम्बन्धी बिभिन्न संघसंस्थाले महिला अधिकारका सवालहरु उठाईरहे पनि महिला हिंसा तथा अधिकार हननका घटनाहरु नघटेको ईन्सेकको प्रतिबेदनमा उल्लेख छ । 

 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले गत पुस–१५ देखी असार–१ गतेसम्म संकलन गरी सार्बजानिक गरेको तथ्याङक अनुसार यसबीचमा जिल्लाका १८ महिला हिंसामा परेका छन् । ईन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा उक्त अवधिमा एक÷एक जबरजस्ती करणी र जबरजस्ती करणीको प्रयास, तीन बहुविवाह, ११ घरेलु हिंसा, एक बोक्सी आरोपमा अमानवीय व्यवहार र एक जातीय छुवाछुत विभेदको घटना सार्बजानिक गरिएको छ ।

यस्तै, चार वटा बाल अधिकार हननका घटना उल्लेख भएकोे इन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले जानकारी दिनुभयो । ईन्सेकका अनुसार ४ बालिका पीडित भएकोमा बलात्कारपछि एकको मृत्यु, भएको छ भने एक बालिका पीडित र यौनजन्य दुव्र्यवहारमा  दुई बालिका परेका छन् । 

जिल्लाका सरोकारवाला, राजनीतिक दल, पत्रकार, सञ्चारकर्मीको उपस्थितीमा भएको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमका वक्ताहरुले मानव अधिकार संरक्षणमा खुलेर लाग्नुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत खोटाङका न्यायधिश किशोर घिमिरेले भने जिल्लामा मानव अधिकारको समग्र वस्तुस्थिती सामान्य रहेको बताउनुभएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post