sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङको स्थानीय तहहरु बैंकिङ पहुँच बिस्तारमा

खोटाङ जेठ–१९,  खोटाङस्थित सबै जसो स्थानीय तहमा बैँकिङ सुविधा विस्तार हुँदै गएपछि सहजता आएको छ । स्थानीय तह कार्यान्वायनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम नै धाउनुपर्ने अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा बिस्तार हुँदै गएपछि सहजता आएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेलबजारमा मात्र केन्द्रीत बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य पालिकाहरुमा समेत बिस्तार भएपछि स्थानीय सरकार तथा सर्बसाधारणलाई सहज भएको बताईएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैँक, यसअघि नै राष्ट्रिय वाणिज्य बैँकको शाखा रहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा साल्पा विकास बैँक सञ्चालनमा आएपछि कारोवारमा सजिलो भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

 जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा कृषि विकास बैँक र साल्पा विकास बैँक, उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ लामिडाँडामा सेन्चुरी कमर्सियल बैँक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा सानिमा विकास बैँक सञ्चालन भएका छन् । जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल प्रसिद्द हलेसी महादेबस्थान समेत रहेको नगरपालिका हलेसी तुवाचुङमा हालै मात्र माछापुच्छ्रे बैँक स्थापना भएका छन् । 

दुई नगर र आठ गाउँपालिका रहेको जिल्लाको केपिलासगढी, बराहापोखरी र साकेला गाउँपालिकामा पनि बैँक स्थापनाको तयारी भएको जनाइएएको छ ।  


स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्माण कार्यको भुक्तानी, सामाजिक सुरक्षा भत्ता लगायत भुक्तानीका लागि दुई दिनसम्म पैदल यात्रा गरेर सदरमुकाम जानु÷आउनुपर्ने बाध्यता हटेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 

 दिक्तेलबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैँक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैँक र हलेसी तुवाचुङ नगरपालिकाकोे माछापुच्छ्रे बैँक लगायत आधा दर्जन ‘क’ वर्गका वाणिज्य बैंक र अन्य ‘ख’ वर्गका साल्पा विकास बैँक, ज्योति विकास बैँक लगायत एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post