sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » आमा गुमाएका नवजात शिशुको लागि युएईबाट सहयोग

खोटाङ असार–९, खोटाङ सेवा समाज यूएईले आमा गुमाएका नवजात शिशुको लागि आर्थिक सहयोग गरेको छ । समाजले सुत्केरी श्रीमती गुमाएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका मिलन कार्कीलाई नवजात शिशुको स्याहार सुसारका लागि आर्थिक सहयोग गरेको हो । 

जुम्ल्याहा छोरा र छोरी जन्माए लगत्तै श्रीमती २५ वर्षिया सरिता कार्कीको मृत्यु भएपछि समस्यामा परेका कार्कीलाई शनिबार ३० हजार ९ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको बताईएको छ । आमा गुमाउँदा लालनपालनमा कठिनाइ झेलिरहेका नवजात शिशुको सघाउमा पीडित परिवारलाई आर्थिक सहयोग गरिएको खोटाङ सेवा समाज यूएईका कोषाध्यक्ष हिराधन चाम्लिङले बताउनुभयो । कोषाध्यक्ष चाम्लिङले संकलित रकम शनिबार दिक्तेलस्थित होटल इन्द्रेणीमा पिडित मिलन कार्कीलाई हस्तान्तरण गर्नुभएको छ । 

सरिताको नोबेल अस्पताल बिराटनगरमा सुत्केरी भएको एक घण्टापछि गत जेठ २ गते मृत्यु भएको थियो । जिल्ला अस्पताल दिक्तेलमा सुत्केरी हुन नसकेपछि उनलाई एम्बूलेन्समार्फत बिराटनगर पु¥याइएको थियो । सरिताले जुम्ल्याहा बच्चालाई सामान्य रुपमा जन्म दिए पनि घर फर्कने क्रममा छोरीको भने लहानमा आइपुगेपछि मृत्यु भएको आफन्तले बताएका छन् । श्रीमती गुमाएका कार्की पनि खोटाङ सेवा समाज यूएईका सदस्य हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post