sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फरक क्षमता भएकालाई उन्नत जातको बाख्रा

खोटाङ  असार–१०, फरक क्षमता भएर पनि सेवा सुबिधाबाट  बञ्चित भएको खोटाङको १० ब्यक्तिलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ । अपांग परिचय–पत्र पाएर पनि सेवा सुविधा नपाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का १० ब्यक्तिलाई ६२ हजार वरावरको उन्नत बाख्रा बितरण गरिएको हो । 

उक्त वडामा पर्ने दोर्पा चिउरीडाडाँका लक्ष्मी देउजा, डिकेश राउत, सम्सेरबहादुर बुढाथोकी, हिमकुमारी खत्री, सविना दर्जी र पर्शुराम राउतलाई उन्नत जातको एक÷एक वटा बाख्रा प्रदान गरिएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । यस्तै, पर्शुराम राउत, मेनुका चौहान, कल्पना श्रेष्ठ, तारा देउजा र खिलबहादुर राईलाई पनि उन्नत जातका बाख्रा प्रदान गरिएको छ । 

वडामा गठन भएका टोल विकास संस्थाले छनौट गरी वडामा सिफारिस गरिए बमोजिम गत आर्थिक वर्ष २०७४÷७५ अन्तर्गतकोे बजेटबाट बाख्रा खरिद गरी बितरण गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post