sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » राखाबाङदेलमा करेन्ट लाग्दा अपरेटरको मृत्यु

खोटाङ असार–१५,  खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका–१ राखाको लघुजलबिद्युत आयोजनामा करेण्ट लाग्दा अपरेटरको मृत्यु भएको छ । करेण्टबाट राखाबाङदेलस्थित नावालिदिङ खोला लघुजलबिद्युत आयोजनाको अपरेटरका रुपमा कार्यरत गणेश जोगीको ज्यान गएको हो । 

ट्रान्सफर्मरमा चढेर बिद्युत मर्मत गर्ने क्रममा अपरेटर जोगीलाई करेन्ट लागेको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख बिश्वनाथ निरौलाले बताउनुभयो । 

विद्यालय जाँदै गरेका छात्र÷छात्राले ट्रान्सफर्मर नजिकै जोगीको शव भेटेर स्थानीयलाई खबर गरेका थिए । जोगीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा ल्याइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post