sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घर छाडेर हिँडेका खोटाङको पुरुष मृत फेला

खोटाङ जेठ–२०, केही दिनदेखि घर छाडेर हिँडेका खोटाङको ४४ बर्षिय पुरुष मृत फेला परेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका डेगबहादुर सार्की आईतबार बिहान सोही नगरपालिकाको २ नम्बर वडा पर्ने सोल्माको अल्छेढुंगामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

मृतकको शवसँगै रक्सीको बोतल फेला परेको स्थानीयले बताएका छन् । मृतकको शव पहिचानपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । 

सार्कीको शव इँटा बोक्ने मजदुरले स्थानीयको घडेरीमा फेला पारेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post