sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विपद जोखिम न्यूनीकरणका लागि सवलीकरण

खोटाङ, जेठ २८– विपद जोखिम न्यूनीकरणका लागि खोटाङमा सवलीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जनसेवा समाज नेपाल जालपा र सबल परियोजनाको साझेदारीमा सञ्चालन भइरहेको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम अन्तरगत सोमबार विपद व्यवस्थापन समितिका लागि सबलीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

जिल्लामा क्रियासिल विपद व्यवस्थापन समिति तथा विपद व्यवस्थापन जिल्ला सञ्जालमा आवद्ध पदाधिकारीको क्षमता अभिबृद्धिका लागि सबलीकरण कार्यक्रम सञ्चालन गरिएको जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले बताउनुभयो । 

वर्षा याम सुरु भएकाले बाढि पहिरो, भू–क्षय लगायतका प्राकृतिक बिपत्तीबाट जनधन जोगाउनका लागि पुर्वतयारी स्वरुप सवलीकरण कार्यक्रम सञ्चालन गरिएको हो । समुदाय आफैलाई विपद व्यवस्थापनमा सक्षम बनाउनका लागि कार्यक्रम गरिएको अध्यक्ष राईले बताउनुभयो । दिक्तेलको भवनगैरास्थित होटल थ्रि ब्रदर्शमा सञ्चालन गरिएको सवलीकरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाका २० जनाको सहभागीता रहेको छ ।

 उद्घाटन कार्यक्रममा सामुदायीक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय अध्यक्ष जगन्नाथप्रसाद कुर्मी, नेपाल रेडक्रस सोसाईटीकी लोकमायाँ थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले शुभकामना मन्तव्य दिनु भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post