sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जातीय बिभेद अन्त्याका लागि दलित जनप्रतिनिधिलाई अभिमुखीकरण

खोटाङ, जेठ २१– जातीय बिभेद अन्त्याका लागि खोटाङका स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सदियौंदेखि समाजमा व्याप्त जातीय बिभेद अन्त्याका लागि नेतृत्व बिकास गर्ने उद्धेश्यले दुई नगरपालिका र आठ गाउँपालिकाका कार्यपालिका सदस्यमा निर्वाचित दलित सदस्यका लागि दिक्तेलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यपालिकामा निर्वाचित दलित सदस्यलाई नेतृत्व बिकास, जातीय विभेद अन्त्याका लागि योजना तर्जुमा गर्दै कार्यन्वयन क्षमता विकासका लागि खोटाङ दलित बिकास मञ्च र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सोमबारदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । जातीय बिभेद सम्बन्धी बनेका नितीनियमलाई समाजमा कार्यान्वयन गर्ने उद्धेश्यले अभिभुखीकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 
 कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिका बाहेकका पालिकाबाट निर्वाचित २६ दलित जनप्रतिनिधिको सहभागीता रहेको छ । होटल शुभदिनमा आयोजना गरिएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङले उद्घाटन गरेका हुन् । अभिमुखीकरण कार्यक्रममा कबिकुमार राई, पर्शुराम बिश्वकर्मा, दिपक ठटाल, गंगा बिश्वकर्मा र मिलन परियारले सहजीकरण गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post