sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » श्रीमान साउदीमै बन्धक, बिरामी श्रीमति र छोराको बिचल्ली

खोटाङ असार–१४, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवाल साउदी अरबमा बन्धकको अवस्थामा रहेका छन् ।  वैदेशिक रोजगारीको क्रममा ९ बर्षदेखि साउदी आउँदै–जाँदै गरेको ३२ बर्षिय कटुवाललाई कम्पनीले एक बर्षदेखि बन्धकको अवस्थामा राखेका हुन् ।

कटुवालले काम गर्ने कम्पनी रकान आरसिसि ट्रेनिङ कन्टक्सनले गत बर्षको भदौदेखि काम–दाम र आवश्यक्ता अनुरुपको खाना नदिनका साथै स्वदेश फर्कन समेत दिएको छैन ।  दोश्रो छुट्टी आएर तेश्रो पटक साउदी फर्किएका कटुवाललाई कम्पनी घाटामा गएको भन्दै काम, दाम तथा खाना समेत नदिई साउदीमै रोकेर राखेको आफन्तले जनाएका छन् । 

केही दिनपछि काम हुने भन्दै स्वदेश फर्कन नदिएको कटुवाललाई दुइ–तीन दिनमा एक पटक मात्र खाना दिने गरेको खबर पाएको उनकी बिरामी श्रीमति टिकामायाँ भट्टराई कटुवाल बताउनुहुन्छ । जीतबहादुर कटुवालले साउदीमा काम गर्न पाएको अनुमति (अकामां) को म्याद सकिएको पनि एक बर्ष भईसकेको छ । काम–दाम दिन आग्रह गर्दा बिभिन्न बहाना बनाउने कम्पनीले कहिले भने अनुमतिपत्र (अकामा) नबिकरण गर्न पाँच हजार रियाल लाग्ने भन्दै आलटाल गर्ने गरेको कटुवालको गुनासो छ । 

घरपरिवारमा कन्तबिजोग 


पाठेघरको समस्या देखिएर अप्रेसन गरेको जीतबहादुर कटुवालको श्रीमति टिकामायाँ को अप्रेसन बिग्रिएर झनै समस्या थपिएको छ । आफै थलिएर सहाराबिहिन भएको ३३ बर्षिया टिकामायाँको स्याहार गर्न सक्ने कोही छैनन् । यता नौ वर्षिय एक्लो छोरालाई समेत हर्नियाको समस्याले च्यापेपछि उपचार गराउन अस्पताल लैजाने समेत कोहि नभएको टिकामायाँको भनाई छ ।


उहाँ भन्नुहुन्छ–‘म त थला परेँ परिहाले छोराको समयमा उपचार गर्न पाए हुन्थ्यो ।’ आफन्तहरु बसाईं सरी तराईतिर झरिसकेको उहाँले सुनाउनुभयो । ‘छिमेकिले कति दिन सहयोग गरुन् ?’ उहाँ दिक्क मान्नुहुन्छ–‘ म आफै थला परेपछि अहिलेसम्म छिमेकीकै भरमा बाँचिरहेकी छु ।’

उद्दार गरी स्वदेश फर्काईदिन आग्रह 


आफ्नो श्रीमानको उद्दारको लागि टिकामाायाँले जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी सूचना तथा परामर्श केन्द्रमा दिनहुँ फोनमार्फत अनुरोध गरिरहनुभएको छ । वैदेशिक रोजगारीको क्रममा गाह्रो अप्ठ्यारोमा परेकालाई सुचना केन्द्रले सहयोग तथा समन्वय गरिदिन्छ भन्ने सुनेर दिक्तेलबजारमा सञ्चालित सूचना केन्द्रमा सम्पर्क गरेको उहाँ सुनाउनुहुन्छ ।


जीतबहादुर कटुवालको उद्दारका लागि केश दर्ता गरी निःशुल्क कानुनी सहायता केन्द्र हुँदै साउदी राजदुतावास सम्म पु¥याईएको सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालको भनाई छ । तर दुतावासको कर्मचारी अम्बिका अधिकारीले भने कम्पनी घाटामा गएकोले केही समय समस्या भए पनि छिटै काम पाउने बताउने गरेको परामर्शकर्ता दाहालको भनाई छ । दाहालका अनुसार कटुवालले धैर्य गरेर बस्नु नै उत्तम हुने अधिकारीले बताउनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post