sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा बिप्लव नेतृत्वको नेकपा समर्थक शिक्षकसहित तीन पक्राउ

खोटाङ जेठ–२४,  खोटाङमा नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी समर्थक शिक्षक सहित तीन जना पक्राउ परेका छन् । बिप्लव नेतृत्वको शिक्षक संगठनमा आवद्ध रहेका देउराली माबि डुम्रेधारापानीका ५२ बर्षिय शिक्षक जीवन राई, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका ५१ बर्षिय रामबहादुर राई र ५४ बर्षिय चुडाबहादुर मगरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

वडा तथा गाउँपालिकामा जबरजस्ती चन्दा असुली र धाकधम्की दिएको सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङका इन्चार्ज विवस चौंलागाईले भने आफ्ना समर्थकलाई बिना कारण पक्राउ गरिएको दाबी गरेका छन् । चौंलागाईले शिक्षक राई शिक्षक संगठनमा आवद्ध भए पनि बिक र मगर पार्टीबाट स्वतन्त्र बनिसकेको बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post