sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » काठमाण्डौंदेखि सोलु जाँदैै गरेको जीप दुर्घटना हुँदा दुईको मृत्यु

खोटाङ जेठ–२४,  काठमाण्डौंबाट सोलुखुम्बु जाँदै गरेको जीप दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ । बिहिबार ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा ना–१ ज ४९५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सोही जिल्लाको सुनकोशी गाउँपालिका–५ मुलखर्क निबासीे ४० वर्षीय सिङ्गे तामाङ र सोहि ठाँउकी ३५ वर्षीया कैलीमाया तामाङको मृत्यु भएको हो ।  

दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । बोलेरो जिप चालक लालबहादुर तामाङ र सोही गाउँपालिका–५ मुलखर्कका २२ वर्षीय लोकेन्द्र तामाङ गम्भिर घाइते भएको जनाइएको छ । उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको हिलेपानी प्रहरी चौकीले जनाएको छ ।

बोलेरो जिप सडकभन्दा करिब ३ सय मीटर तल भीरमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा सवार कति थिए भन्ने खुल्न सकेको छैन् ।
सडकमा गुडिरहेको जिप अचानक ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post