sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पुर्वाग्राही ढंगले प्रधानाध्यापक हटाईएको भन्दै आपत्ति

खोटाङ जेठ–२०,  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिका प्रधानाध्यापकलाई पुर्वाग्राही ढंगले हटाईएको भन्दै आपत्ति जनाईएको छ । बिद्यालयका प्रअ प्रेमकुमार श्रेष्ठलाई पुर्वाग्राही ढंगले हटाइएको भन्दै नेपाल शिक्षक संघ खोटाङले बिज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । 

शिक्षा ऐन तथा नियमावली विपरित आस्थाको आधारमा पुर्वाग्राही ढंगले श्रेष्ठलाई जेठ ९ गतेको व्यवस्थापन समितिको बैठकले पदबाट हटाउने निर्णय गरेको भन्दै ध्याकर्षण भएको बिज्ञप्ती जारी गरिएको छ । एक इमान्दार र कर्तव्यनिष्ठ शिक्षकको मानमर्दन हुने गरी पदबाट हटाइएकोमा संघले घोर निन्दा र भत्र्सना गर्दै श्रेष्ठको पुर्नस्थापनाको माग गरेको छ । 
आग्रहलाई बेवस्ता गरे कडा आन्दोलनमा उत्रने संघका सचिव मणिराज राईले जनाउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post