sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » गर्भवतीलाई अस्पताल पु¥याउन दुई लाख रुपैंयाँ खर्च

खोटाङ जेठ–२३, अधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलालाई अस्पताल पु¥याउन दुई लाख रुपैंयाँ खर्च भएको छ । बच्चा जन्मनु अघि अधिक रक्तश्राव भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खिरीकी ३० वर्षीय गर्भवती महिला कुमारी भट्टराई धिमाललाई दुई लाख रुपैंया तिरेर हेलीकोप्टर चार्टर गरी काठ्माण्डौं पठाइएको हो ।

 बच्चा जन्मने मिति आउन अगावै अधिक रक्तश्राव भएपछि अस्पतालमा भर्ना भएकी कुमारीलाई जिल्ला अस्पतालले रेफर गरेपछि मंगलबार साँझ श्रीएयरलाईन्सको हेलीकोप्टरबाट काठ्माण्डौ पठाइएको हो । अस्पतालले गर्भवती महिलाको आगामी असार १८ गते बच्चा जन्मने मिति तोकेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post