sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा को–को मन्त्रीको सम्पत्ति !

खोटाङ २१ जेठ । नेपाल सरकारकाे केन्द्रीय निकायमा हाल २४ जना मन्त्री छन् । जसमा नेपाल कम्युनिष्ट पार्टीका मात्र २२ जना मन्त्री छन् त्यसमा ३ जना भने राज्यमन्त्री छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा भर्खरै मात्र संघीय समाजवादी फोरम पनि सहभागी भएको छ । यो सँगै सरकारले दुई तिहाई जनमतको सहभागिता पनि पाएको छ । संघीय समाजवादी फोरम बाहेकका प्रधानमन्त्रीसहित मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा बहाल जो सुकै व्यक्तिले ६० दिन भित्र कानुन बमोजिम सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दछ ।

सरकारका मन्त्रीहरू द्वारा सार्वजनिक सम्पत्ति विवरण अनुसार दुई जना मन्त्रीको सम्पत्ति भने खोटाङमा पनि रहेको पाइएको छ । खोटाङमा सम्पत्ति हुने मन्त्रीमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल र कानूनमन्त्री शेरबहादुर तामाङ छन् ।
तामाङ खोटाङेका ज्वाइ मन्त्री हुन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको जन्मघर नै खोटाङ हो । उनी पछिल्लो समय भने दुई नम्बर प्रदेशको महोत्तरीबाट चुनाव लड्दै आएका छन् । पोखरेलले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा खोटाङमा घर सम्पत्ति र अाफूसँग करिब साढे तीन लाख रुपैयाँ बैंक मौज्दात देखाएका छन् । रावाबेशी गाउँपालिकामा २ मा रहेको पैतिक सम्पत्तिबाट प्राप्त उक्त घर सम्पत्ति भने प्रतिष्ठानलाई प्रदान गरिसकेका छन् । मन्त्री पोखरेल पछिल्लो समय एकता सदनमा सामूहिक बसाई गर्दै आएका छन् ।

कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनै कानूनमन्त्रीको खोटाङमा पनि जग्गा रहेको हो । खोटाङ खाल्लेमा श्रीमती उषाकला राईको नाममा पुर्खौलीको नामबाट प्राप्त १०९ रोपनी जग्गा मन्त्री तामाङको सम्पत्ति विवरणमा उल्लेख छ । सिन्धुपाल्चोक घर रहेको खोटाङका साथै सिन्धुपाल्चोक, मोरङ पनि जग्गा छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post