sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » राजापानी–धितुङ सडक निर्माण

खोटाङ, असार–१९, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राजापानी–धितुङ सडक निर्माण गरिएको छ । गाउँ र स्थानीय तहको केन्द्रलाई नजिक बनाउने उद्धेश्यकासाथ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ जोड्ने सडक निर्माण गरिएको हो ।

 आर्थिक वर्ष २०७४÷०७५ मा हलेसी तुवाचुङ नगरपालिकाले विनियोजन गरेको ३० लाख बजेटबाट ८ किलोमिटर राजापानी–धितुङ सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पुण्यप्रसाद रेग्मीले बताउनुभयो । ७ मिटर चौंडाईमा बनाइएको सडक हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । राजापानीबाट धितुङ जोड्ने छोटो दुरीको सडक बनेपछि स्थानीय हर्षित भएका छन् । 

सडक निर्माण हुनुअघि मोटरबाईकबाट कम्तीमा तीन घण्टामा नगरपालिकाको केन्द्र दुर्छिम पुग्ने गरिएकामा राजापानी–धितुङ सडकका कारण एक घण्टा १० मिनेटमै नगरको केन्द्र पुग्ने वाताबरण बनेको छ । हाल राजापानीबाट धितुङ हुँदै हलेसी पुग्न करिब २० किलोमिटर यात्रा गर्नुपर्छ जवकी महुरे–बिजुले–अर्खौले सडकबाट हलेसी पुग्न करिब ५० किलोमिटर बढिको दुरी पार गर्नुपर्ने हुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post