sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन शिक्षकहरुसँग अन्र्तक्रिया

खोटाङ असार–२५, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्धेश्यले खोटाङका शिक्षकहरुबीच अन्र्तक्रिया गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उदेश्यले माध्यमिक तहका सामाजिक शिक्षकहरुसँग सोमबार अन्र्तक्रिया गरिएको हो ।  

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत दिक्तेलबजारस्थित होटल शुभदिनमा अन्र्तक्रिया कार्यक्रम सम्पनन गरिएको जनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १६ वटा बिद्यालयका शिक्षकहरुसँग वैदेशिक रोजगारको वर्तमान अवस्था साथै खोटाङ जिल्लाको अवस्था बारे छलफल गरिएको सामाजिक परिचालक लीला निरौलाले जानकारी दिनुभयो । अन्र्तक्रियामा स्थानीय तहले अहिलेसम्म गरेको अभ्यास र सामी परियोजनाले हालसम्म गरिरहेको गतिबिधि सम्बन्धी समेत छलफल गरिएको थियो । 

कार्यक्रममा  नगर शिक्षा विभागका प्रमुख पञ्चकुमार राईले विद्यालय पाठ्यक्रममा वैदेशिक रोजगारबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले स्थानीय तह र वैदेशिक रोजगारबारे समेत प्रस्तुति गर्नुभएको थियो । यस्तै, शिक्षा तथा समन्वय इकाई प्रमुख ठाकुरप्रसाद दाहालले वैदेशिक रोजगार छात्रवृति सम्बन्धी विद्यालयको जिम्मेवारी लगायत जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा सहभागी शिक्षकहरुले सुरक्षित वैदेशिक रोजगार सम्बन्धीका सुचनाहरु स्थानीय तथा बिद्यार्थीसम्म पु¥याउने प्रतिबद्दता जनाएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post